मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

Ujyalosandeshonline 12321+ समाचार ( )
१९ कार्तिक २०८२, बुधवार

दमौली (तनहुँ) । जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ । कार्यालयले मतदाता नामावली दर्ता, त्रुटी सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ । 

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले निर्वाचनको तयारीका लागि आन्तरिक कामहरूलाई तीव्र रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो । लम्सालले जिल्लाभित्र रहेका मतदान केन्द्र, मतदानस्थल थपघट गर्नुपर्ने भएमा त्यसका लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले कुनै पनि वडामा मतदान केन्द्रमा थप गर्नुपर्ने, मतदाता सार्नुपर्ने भएमा वडामा रहेको वडा मतदानस्थल तथा मतदान केन्द्रको सिफारिसमार्फत् कार्य अगाडि बढाउने निर्णय गरेको छ ।”

तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । विसं २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार ९१५ जना रहेको छ । 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली दर्ताको काम समेत भइरहेको छ । आगामी कात्तिक २० गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने लम्सालले जानकारी दिनुभयो । 

लम्सालका अनुसार गत असोज ९ गतेदेखि मङ्गलबारसम्म चार सय ५७ पुरुष र तीन सय आठ जना महिलाले नामावली दर्ता गराएका छन् । कार्यालयमा नामावली दर्तासँगै ठाउँसारीको काम समेत भइरहेको छ ।

तनहुँभित्रै एउटा वडाबाट अर्को वडा, एक पालिकाबाट अर्को पालिका र तनहुँबाट बाहिरी जिल्लामा ठाउँसारीका लागि निवेदन दिनेको सङ्ख्या दुई सय ३८ जना रहेको लम्सालले बताउनुभयो । तनहुँबाट विशेषगरी चितवन र काठमाडौ ठाउँसारी गर्नेहरू बढी छन् । यस्तै नामावलीमा त्रुटि भएका ६९ जनाले त्रुटि सच्याउनका लागि निवेदन दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार