मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

बजेट दुरुपयोग होइन, कार्यान्वयन गर्नुस्ः मुख्यमन्त्री कँडेल

Ujyalosandeshonline 12461+ समाचार ( )
तस्बिर : सुरेश आचार्य/रासस
२७ वैशाख २०८३, आइतबार

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी स्रोतबाट आएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न सुझाउनुभएको छ । सुर्खेतको बराहताल गाउँपालिका–८ को नवनिर्मित वडा कार्यालयको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडा तहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले सरकारी स्रोतबाट आएको बजेट सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताउनुभयो ।  

“जनप्रतिनिधि र कर्मचारीको काम राम्रो भए जनताले विश्वास गर्छन्,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामी सार्वजनिक पद धारण गरेकाहरुले जनतालाई विश्वास दिलाउन सक्ने गरी काम गर्नुपर्छ ।” विकास निर्माणका योजना पारदर्शी र परिणाममुखी ढङ्गले अघि बढाउन जनप्रतिनिधि तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

सूचना र प्रविधिको पहुँच व्यापक बनेको अवस्थामा कसैले बहाना एवं ढाँट्न नपाउने र देशभरका गतिविधि मोबाइलमार्फत सहजै थाहा पाउन सकिने भन्दै मुख्यमन्त्री कँडेलले जनताले सरकारका कामलाई नजिकबाट नियालिरहेकाले विकासका काम उनीहरुमाझ स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “आफ्नो ठाउँको विकास आफैँले गर्ने हो । समय बिताउने कि सम्झनलायक काम गर्ने भन्ने कुरा अब हामीले तय गर्नुपर्छ । राम्रो काम गर्नेलाई जनताले आफैँ नेतृत्वमा ल्याउँछन् । यसमा जनप्रतिनिधिहरुले जिम्मेवार र जनमुखी कार्यशैली अपनाएर काम गर्नुपर्छ । विकासलाई साझा अभियानका साथ अगाडि बढाउन सबै पक्ष एकजुट हुुनुपर्छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार