मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

पोखरामा ड्रागन बोर्ड रेस प्रतियोगिता हुदैँ

Ujyalosandeshonline 12696+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौं । ड्रागन बोर्ड रेस प्रतियोगिताको दोस्रो संस्करण पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैै प्रतियोगिताको दोस्रो संस्करण यही पौष १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म हुन लागेको जानकारी गराईको हो । 

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ ।

मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्ष देखि औपचारिक प्रतियोगिताका रूपमा पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिंदै आइरहेको छ । दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने यस प्रतियोगिता पोखरामा पनि लोकप्रिय बन्दै गइरहेको छ ।

प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

पोखरामा हिमाल, ताल तलैया, गुफा, मठ मन्दिर सँगै सयौं भाषा, कला र सास्कृतिक विविधताले पोखरा सुशोभित छ । पछिल्लो समय पोखरा ड्रागन बोट रेस प्रतियोगिता, प्याराग्लाइडिङ, बन्जी, जिप फ्लायर, हट एयर बेलुन, स्काई डाईभिङ लगायतका साहसिक तथा मनरोञ्जनपूर्ण खेलहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढाइरहेका छन् । पोखरा लगायत समग्र गण्डकी प्रदेशको आर्थिक समृद्धि, स्वरोजगार तथा आत्मनिर्भरताका लागि पोखराको पर्यटनलाई योजनाबद्ध रूपमा अगाडि बढाउन जरुरी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार