मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग

Ujyalosandeshonline 12612+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित असरफी जामे मस्जिदले भोटेकोसी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७३ हजार ७ सय ८६ सहयोग प्रदान गरेको छ। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मस्जिद परिवार तथा स्थानीय समुदायबाट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।

मस्जिद व्यवस्थापन समितिका अध्यक्ष हाजी अलि जानले विपद्को कठिन घडीमा बाढीपीडितको सहयोगका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले सानो–ठूलो सहयोगभन्दा पनि विपद्मा पीडितसँग ऐक्यबद्धता जनाउनु मानवीय दायित्व भएको उल्लेख गर्नुभयो।

मस्जिदका सचिव हाजी ताहिर अलिले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको पीडा कम गर्न सहयोग रकम प्रदान गरिएको बताउँदै राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि स्थानीय धार्मिक तथा सामाजिक संस्थासमेत सक्रिय भइरहेका बेला असरफी जामे मस्जिदले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग उपलब्ध गराएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार