मुख्य समाचार
नेपालबाट तस्कर गरी भारत पुर्‍याइएको ७२ बोरा चाइनिज लसुन एसएसबीद्वारा बरामद | बढ्दैछ महोत्तरीमा कोदोखेती | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | सरकारलाई विपक्षी दलको सन्देशः ‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’ | उद्योगमन्त्री यादवद्वारा राजीनामा | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु | तरकारीको विषादी परीक्षण बढाइँदै | भोटेकोशी बाढी प्रभावित नुवाकोटको देवीघाटमा सेनाद्वारा एक्रो ब्रिज जडान सम्पन्न | चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार |

भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग

Ujyalosandeshonline 12280+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित असरफी जामे मस्जिदले भोटेकोसी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७३ हजार ७ सय ८६ सहयोग प्रदान गरेको छ। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मस्जिद परिवार तथा स्थानीय समुदायबाट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।

मस्जिद व्यवस्थापन समितिका अध्यक्ष हाजी अलि जानले विपद्को कठिन घडीमा बाढीपीडितको सहयोगका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले सानो–ठूलो सहयोगभन्दा पनि विपद्मा पीडितसँग ऐक्यबद्धता जनाउनु मानवीय दायित्व भएको उल्लेख गर्नुभयो।

मस्जिदका सचिव हाजी ताहिर अलिले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको पीडा कम गर्न सहयोग रकम प्रदान गरिएको बताउँदै राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि स्थानीय धार्मिक तथा सामाजिक संस्थासमेत सक्रिय भइरहेका बेला असरफी जामे मस्जिदले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग उपलब्ध गराएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार