मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

सुपादेउराली मन्दिरको व्यवस्थापनमा नगरपालिकाको कडाइ, वडाध्यक्षद्वारा हस्तक्षेप मान्य नहुने चेतावनी

Ujyalosandeshonline 12455+ समाचार ( )
२ पौष २०८२, बुधवार

अर्घाखाँची । प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिरको आर्थिक पारदर्शिता र व्यवस्थापनको विषयलाई लिएर सन्धिखर्क नगरपालिका र वडाध्यक्षबीच विवाद चर्किएको छ । मन्दिरको आर्थिक पाटोमा प्रश्न उठेको र संरक्षण समिति नरहेको भन्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले  १ गतेदेखि लागु हुने गरी ५ बुँदे कडा निर्देशन जारी गर्नुभएको छ । नगरपालिकाको निर्देशन अनुसार अबदेखि मन्दिरमा चढाइने बलिको टाउको भक्तजनलाई नै निःशुल्क फिर्ता दिनुपर्नेछ ।

यस्तै, भेटी व्यवस्थापनलाई पारदर्शी बनाउन प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहबरमा सीसीटीभीको निगरानीमा रकम गनेर बैंक दाखिला गर्न र दैनिक आम्दानी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको छ । समिति गठन नहुँदासम्म कर्मचारीको तलब रोक्का राख्न र मन्दिरमा नयाँ आर्थिक भार पर्ने काम नगर्न पनि नगरपालिकाले सचेत गराएको छ ।

यता, सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुरा बहादुर केसीले भने नगरपालिकाको यो कदमको कडा विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै उनले विधान विपरीत गरिएको हस्तक्षेप मान्य नहुने चेतावनी दिएका छन् । अध्यक्ष केसीले नेतृत्व बाहिर भएको मौका छोपेर नगरपालिकाले 'टपरी' जस्तो पत्र पठाएको र मन्दिरको परम्परामाथि प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका छन् । उनले नगरपालिकाको 'हुकुमी शैली' र हस्तक्षेपकारी निर्णय असफल हुने जिकिर गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार