मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

रुस–युक्रेन युद्धमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन सरकार गम्भिर : मन्त्री साउद

Ujyalosandeshonline 12456+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । रुसी सेनामा भर्ती भई युक्रेन युद्धमा मृत्यु भएका नेपालीका परिवारले परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट गरेका छन् । मंगलबार दिउँसो सिंहदरबारमा मन्त्री साउँदलाई भेट्दै उनीहरुले रुस–युक्रेन युद्धमा ज्यान गुमाएका नेपाली युवाहरुको शव नेपाल ल्याईदिन माग गरेका हुन् । 

परराष्ट्रमन्त्री एनपी साउदले रसियन सेनामा भर्ति भई ज्यान गुमाएका युवाहरुको शव ल्याउनेदेखि परिवारलाई उचित क्षतिपुर्ति दिने विषयमा सरकार गम्भिर रहको बताएका छन् । 

परराष्ट्रमन्त्री एनपी साउदले शवहरु ल्याउन रसियन सरकारसँग पहल भइरहेको बताउँदै रसियन सेनामा रहेका नेपाली युवाहरुलाई फिर्ता गर्नका लागि समेत पहल भइरहेको उल्लेख गरे । 

उनले भने, ‘हामीले रसियन सेनामा भर्ति भएका नेपाली सेनाहरु जो दिवंगत भएका छन् । उनीहरुको पार्थिव शरिरलाई नेपाल कसरी ल्याउन सकिन्छ भन्नेबारे सरकारले छलफल अगाडि बढाएको छ । रसियन सेनामा रहेका २४५ जनाका परिवारहरुले परराष्ट्र मन्त्रालयको कन्सुलर डिपार्टमेन्टमा आवेदन दिनुभएको छ । अmभै कोही छुट्नु भएको छ भने उँहाहरुलाई हामीले वडा, पालिकाका माध्यमबाट अनलाइनमै आवेदन दिन भनेका छौं ।’

परराष्ट्रमन्त्री साउदले कोही रसियन सेनामा भर्ति भएको भए सम्बन्धित व्यक्तिको  पासपोर्ट नम्बर, नागरिकता नम्बर, नाम ठेगाना र पठाउने मान्छे लगायत सकिने जति विवरण पठाउन समेत आग्रह गरे । 

उनले भने, ‘यसरी रसियन तथा विभिन्न जोखिमयुक्त देशहरुमा गएका युवाहरुको पीडा नै सरकारको पीडा हो, आम नेपालीको पीडा हो । सरकारले मान्यता नदिएका जोखिमपूर्ण ठाउँहरु, युद्ध भइरहेको ठाउँहरुमा रोक्न आग्रह गर्दै गएका भए  फिर्ताका लागि मन्त्रालयलाई आवेदन दिन सकिन्छ ।’ 

नेपालसँग सम्झौता भएका बाहेकका देशमा भर्ती हुन नजान आग्रह गर्दै मन्त्री साउदले सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न बाहेकले रूस जाँदा परराष्ट्र मन्त्रालयले जारी गर्ने ‘नो अब्जेक्शन सर्टिफिकेट’ अनिवार्य लिनसमेत अपिल गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार