मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

‘गठबन्धनले देशलाई मल्टी अर्गान फेलिएर जस्तो बनायो’

Ujyalosandeshonline 12696+ समाचार ( )
२२ माघ २०८०, सोमबार

काठमाडौं । एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकारले देशको अर्थतन्त्रदेखि सबै क्षेत्रलाई छियाछिया बनाएको आरोप लगाएका छन् । सरकारले अर्थतन्त्रको समस्या समाधान गर्नुपर्नेमा समस्या बुझ्ने सामथ्र्य समेत नभएको टिप्पणी उनले गरे ।

काठमाडौंमा सोमबार आयोजित प्रेस चौतारी नेपालको स्थापना दिवसको कार्यक्रममा स्वास्थ्य क्षेत्र, श्रम बजार, राष्ट्रिय अर्थतन्त्र, कृषि उत्पादनदेखि सुशासनसम्म कुनै क्षेत्रमा चित्त बुझाउनेसम्मको अवस्था नभएको र सबै क्षेत्र गम्भीर समस्यामा परेको बताएका उनले सरकारको संकिर्ण स्वार्थले संकट बढाएको बताए ।

‘अहिलेको परिस्थिति कहालीलाग्दो छ । गठबन्धन सरकारको संकिर्ण स्वार्थ, अयोग्यता र सत्तालिप्साका कारण देश आज छियाछिया भएको छ । त्यस्तो कुनै क्षेत्र पाउन सकिँदैन जहाँ हामी समस्यामा मात्र होइन गम्भीर सम्स्यमा नभएका हौं,’ उनले भने, ‘कतिपय अवस्थामा बिरामीहरुको मुटु, कलेजो, फोक्सो, रगत परीक्षण गर्यो खराब छ अरु शरीरका अंगहरु पनि खराब भएको संकेत गरिरहेको हुन्छ, त्यस्तै हाम्रो देश अहिले मल्टी अर्गान फेलिएर भएको बिरामी मानिसको अवस्था जस्तो बन्न पुगेको छ । देशलाई यो ठाउँमा ल्याउने काम गठबन्धन सरकारले गरेको छ ।’  

पौडेलले सत्ताले प्रतिपक्षले उठाएको आवाजको सम्बोधन गर्नुपर्नेमा उल्टो आफूहरुलाई पूर्वाग्राही व्यवहार गरिरहेको आरोप लगाए ।

‘अहिलेको सरकार प्रतिपक्षप्रति एउटा पूर्वाग्रही दृष्टिकोण बोकेर व्यवहार गरिरहेको छ । संसदमा हाम्रा आवाजलाई उपेक्षा गर्ने र किनारा लगाउने सोचका साथ चलिरहेको छ,’ उनले भने ।

संसदमा अझ सशक्त रुपमा आफूहरु प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै उनले सदनबाट सरकारले प्रतिपक्षलाई नटेरे गठबन्धन सरकारले लाद्न खोजेका विषयलाई लिएर सडकबाट दबाब दिन पछि नपर्ने बताए ।

उनले भने, ‘सायद हाम्रो सदनको आवाज र दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन कि भन्ने अनुभूति हामीलाई हुँदै छ । हामी सडकबाट पनि विभिन्न वर्ग, पेसाका समुदायलाई साथमा लिएर राष्ट्रका सामु गठबन्धनले लादेका चुनौतीहरुलाई सशक्त दबाब सिर्जना गर्नुपर्ने स्थिति देखा पर्दैछ । त्यो निर्णयमा हामी पुग्यौ भने प्रतिपक्ष सशक्त दबाबका लागि सदन र सडकबाट जनतामाझ हुन्छ ।’

सरकारले अर्थतन्त्रको समस्या मात्रै होइन देशको आर्थिक मामिला नै बुझ्न नसकेको उनले जिकिर गरे ।

‘सरकारले अहिलेको अर्थतन्त्रको समस्या के हो र समाधान कसरी गर्ने भन्ने विषयमा सरकार स्वयं अलमलमा छ । अर्थतन्त्रको बागडोर सम्हाल्ने अर्थमन्त्री र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीका बीचमा नै मुलुकको आर्थिक मामिलामा बुझ्ने सन्दर्भमा दुविधा र अन्योल छ ।’

सरकारले राजस्वको लक्ष्य उठाउने विषय परको कुरा साधारण खर्च धान्न नसकेको, उत्पादन घटेको, निर्यात घटेको तथा सबैतिरको अवस्था नकारात्मक भएको दृष्टान्त सुनाएका उनले सरकारको अर्थतन्त्रको समस्या बुझ्ने समेत सामथ्र्य नभएको टिप्पणी गरे ।

‘मूलुकले अर्थतन्त्रमा जुन प्रकारका समस्याहरु बेहोर्दै छ, समस्या समाधान गर्ने परको कुरा त्यो समस्यालाई बुझ्ने सम्म सामथ्र्य राख्दैन,’ उनले भने ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार