मुख्य समाचार
नेपालगन्जमा स्पा सञ्चालक पक्राउ | पर्यटन प्रवर्द्धन गर्न साँत बुँदे घोषणापत्र जारी | गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते | पोखरा–जोमसोम हवाई उडान पुनः सुरु | स्वीस सरकारबाट नेपालको ‘टिभेट’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता | सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग | प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग | उपल्लो मुस्ताङ जाँदै पर्यटक | सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन | बेलहिया सीमा क्षेत्रमा प्रहरीको कारबाही: कारसहित साढे ३१ लाखको सामान बरामद |

राष्ट्रिय सहमतिको पहल गरिरहेको छु : प्रधानमन्त्री दाहाल

Ujyalosandeshonline 12132+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलसँग राष्ट्रिय सहमति र समझदारीको वातावरण सृजनामा आफु जुटेको बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालको २६ औं वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले देशको प्रमुख नेतृत्वमा सबै पार्टीलाई समेटिएकाले कहीँ न कहीँ राष्ट्रिय सहमति कायम गर्ने गरी नै पहल गरेको दाबी गरे । सत्ता समीकरणका लागि गठबन्धन बनाउदा सबैलाई रिझाउने प्रयास गरेको उनले बताए ।

उनले भने, ‘मेरो कोसिस सकेसम्म सबै राजनीतिक दललाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो । हुन त कहिलेकाहीँ नेपाली कांग्रेससँग नजिक हुँदा नेकपा एमालेका नेता साथीहरु र नेकपा एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरुलाई नमिठो लागेकै छ, त्यो कुरा मैले बुझेको छु । तर, फेरि अहिले हामीले जेलाई बिग सिक्स भन्छौं,  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष हामीले हे¥यो भने मलाई गर्व छ । कहीँ न कहीँ राष्ट्रिय सहमतिको वतावरण कायम गर्ने गरी नै हामीले पहल गरेका छौं ।’

मुलुकका प्रमुख ६ पदहरुमा दलीय बाँडफाँट मिलेको भनाइ उनको थियो । सञ्चार क्षेत्रका हकमा उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।  सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको उनले उल्लेख गरे । 

उनले भने, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिइने छ । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।’ 

राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक महत्वलाई सबैले आत्मसात गर्नैपर्ने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकारहरू सुदृढ गर्दै संविधानको प्रगतिशील कार्यान्वयन सुनिश्चित गर्नु र त्यसको जगमा समाजवादउन्मुख समृद्धि हासिल गर्नु रहेको धारणा राखे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार