मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

विराटनगरमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु

Ujyalosandeshonline 12455+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रको सहयोगमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २–२० क्रिकेट प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए ।

शनिबार भएको पहिलो खेलमा विराटनगरले राजविराजलाई ३८ रनले पराजित गरि ३ खेलको सिरिजमा विराटनगरले १–० को अग्रता लिएको छ । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५ रन बनाएको थियो । विराटनगरकालागि प्लेयर अफ द म्याच टिका साहले ३८ रन बनाउँदा सानु राजवंशीले १२ रन तथा पूर्णिमा राजवंशी र प्रिन्सा मगरले १०–१० रनको योगदान दिइन् । राजविराजकी बन्दना रजक, अपेक्षा यादव र साक्षी यादवले २–२ विकेट लिइन् ।

१ सय ५ रनको विजयी लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ८ विकेट गुमाई ६७ रन मात्र बनायो । राजविराजकी दिपा रामले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । विराटनगरकी स्मारिका गौतमले ३ विकेट र अंशु मण्डलले २ विकेट इिन् । यी दुइविचको दोस्रो खेल आइतबार हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार