मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही

Ujyalosandeshonline 12614+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाम्रो  धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् । गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ । अब धर्म बचाउन, परम्परा बचाउन, माता शिताको जन्मभूमि बचाउन, ३३ कोटीदेवि देवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक छ । किनभने यो पृथ्वी सनातनको  देश हो । आज छोरी चेलिहरु बलात्कृत भएका छन् । केही मान्छेहरुले यो देशमा धर्म संस्कार हुँदैन भने त्यसैको परिणाम हाम्रो छोरीचेलिहरुले भोग्नु परेको छ । हामीले  हाम्रो  धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ । ’

साथै  उनले हाम्रो देश, हाम्रो भूमि संसारभरीलाई नै उज्यालो ज्योति छर्ने भूमि भएको बताए । उनले आज यही भूमिमा कसैले धर्म संस्कारको कुरा गर्दा त्यसलाई नंग्याउनुपर्छ  भनेर नेपालका मिडिया, प्रशासनहरु लाग्ने गरेको बताए ।

उनले भने, ‘यो हाम्रो देश, यो हाम्रो भूमि संसारभरीलाई नै उज्यालो ज्योति छर्ने भूमि हो । आज यही भूमिमा कसैले धर्म संस्कारको कुरा गर्यो भने त्यसलाई नंग्याउनुपर्छ  भनेर  नेपालका मिडिया, प्रशासनहरु लाग्छन् । विदेशी धर्मको पूजाआजा गर्दा विभिन्न किसिमका नक्कली प्रचार गर्छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार