मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

नारीहरूको आस्था र समर्पणको प्रतीक तीज पर्वमा मुख्यमन्त्री सिंहद्वारा शुभकामना

Ujyalosandeshonline 12461+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले हरितालिका तीज पर्वको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री सिंहले तीजलाई अटल सौभाग्यको कामना सहित मनाइने, नारीहरूको आस्था, श्रद्धा र समर्पणको प्रतीकका रूपमा स्थापित पर्व भएको उल्लेख गर्नुभएको छ । भगवान् महादेव र माता पार्वतीको स्मरणमा व्रत, पूजा र भक्ति गर्ने परम्परा रहेको यस पर्वले नारीहरूको आध्यात्मिक शक्ति, पारिवारिक सौहार्द र सामाजिक एकतालाई अझ प्रगाढ बनाउन सहयोग पु¥याउँदै आएको उहाँले बताउनुभएको छ ।

शुभकामना सन्देशमा मुख्यमन्त्री सिंहले महिलाहरूको अधिकार, सम्मान र सशक्तिकरणको पक्षमा सबैको प्रतिबद्धता झन् प्रगाढ बनाउन यो पर्वले अवसर उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभएको छ । यस पावन पर्वले हामी सबैमा नयाँ उमङ्ग, आशा, समृद्धि र आपसी एकताको भावना भर्न सकोस् भन्दै मुख्यमन्त्री सिंहले शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Laleshwor Sah १० भाद्र २०८२, मङ्गलबार

म मुख्यमन्त्री माननीय सतिशकुमार सिंहज्यूलाई यो भन्न चाहन्छु कि उहाँले तीज पर्वको शुभकामना सँगसँगै मधेसका पर्व चौठीचानको पनि शुभकामना दिनुपर्ने हैन र

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार