मुख्य समाचार
महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु | रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर | लुम्बिनीमा ‘साइकल यात्रा’ सुरु, ग्रामीण पर्यटन प्रवर्द्धन हुने | यातायात कार्यालयमा ‘सेटिङ’ मिलाउन खोज्ने ७ बिचौलिया प्रहरीको फन्दामा | पूर्वी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प | सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग पाँचवर्षे सम्झौता | भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद |

कांग्रेस महासमिति बैठक : बन्दसत्र आजदेखि

Ujyalosandeshonline 12718+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत आजदेखि बन्दसत्र सुरू हुँदैछ । सोमबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेपनि बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार विहानसम्म बैठक अघि बढेको छैन ।

केन्द्रीय पदाधिकारीहरूले बैठकमा प्रस्तुत गर्नुपर्ने प्रस्तावहरू नै प्रतिनिधिहरूसमक्ष पुगिसकेको छैन । खासगरी महामन्त्री गगन थापाले प्रस्तुत गर्ने सांगठनिक प्रस्तावमा नै पार्टीका पदाधिकारीहरूबीच मतभेद भएपछि सोमबार रातिसम्म शीर्ष नेताहरूको दौडधुप चल्यो । उद्घाटनसत्र लगत्तै सभापति देउवाको निवासमा करिब पाँच घण्टा निरन्तर छलफलपछि मंगलबार हलमा प्रस्तावहरू पेश गर्ने भन्ने सहमतिको बातावरण बनेको छ । 

कार्यसूचीअनुसार मंगलबार विहान ९ बजेदेखि बन्द सत्र सुरू हुनेछ । बन्दसत्रमा उपसभापति पूर्ण बहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थाबारेको प्रस्ताव पेश गर्नेछन् । त्यसपछि ती प्रस्तावहरूमाथि समूहगतरुपमा छलफल हुनेछ । 

सोमबार उद्घाटन सत्र समापन हुँदासम्म पनि महासमितिमा पेश गर्ने प्रस्तावमा सहमति जुटेको थिएन । त्यसपछि बल्ल शीर्ष नेताहरू छलफलमा जुटेका थिए । 

महामन्त्री थापाले आफ्नो सांगठनिक प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने उल्लेख गरेपछि त्यही विषयमा सभापति देउवासहित उनीपक्षीय पदाधिकारीहरूले आपत्ति जनाएका थिए । 

प्रस्तावमै त्यो विषय आउन नदिन संस्थापन पक्षले दबाब बढाएपनि अन्ततः महासमिति बैठकमा यो विषय प्रस्तावकारुपमा पेश गर्न सभापति देउवा तयार भएका छन् । 

अहिले नै गठबन्धन नगर्ने भन्ने लेखेर अघि बढ्दा वर्तमान सत्ता गठबन्धनमा खटपट हुन सक्ने भन्दै सभापति देउवा सशंकित मात्रै भएनन्, सोमबार साँझ नै प्रधानमन्त्रीको सरकारी निवास पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे । 

उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई साथ लिएर बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री दाहाललाई पार्टीभित्र अफ्ठ्यारो परेको भन्दै दस्तावेजमा आउने विषयबाट सशंकित नहुन भन्दै आश्वस्त पारेका थिए । 

महामन्त्री थापाले ल्याएको प्रस्तावमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय, अर्का सहमहामन्त्री भीष्मराज आङ्देम्बे, पूर्वसभापति गोपालमान श्रेष्ठसहित देउवा पक्षकै नेताहरूले पनि सहमति जनाएका थिए । महासमिति बैठक आगामी बिहीबारसम्म चल्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार