मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु, रुपन्देही र नवलपरासीको जित

Ujyalosandeshonline 12461+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेल सुरु भएको छ । आइतबारदेखि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल सुरु भएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा रुपन्देहीको टिमले पाल्पा जिल्लाको टिमलाई १० विकेटले पराजित गर्दै जित निकालेको छ । जितका लागि पाएको ७४ रनको झिनो लक्ष्य रुपन्देहीले १३ ओभरमा ७७ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा मनिष थापाले अविजित ३८ र मिर्नाल गुरुङले नटआउट ३५ रनको योगदान गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाल्पाले निर्धारित ५० ओभरको खेलमा २३ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७३ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सन्देश थापाले ६ ओभर ४ बलमा ३ मेर्डनसहित १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, विप्रसन केसीले ३ तथा कृष्ण कार्की र रमेश कुर्मीले १–१ विकेट लिए । पाल्पाका नरबहादुर सार्कीले ४० र नविन भण्डारीले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार व्यहोर्यो । खेलमा रुपन्देहीका सन्देश थापा प्लेयर अफ द म्याच भए ।

यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा पश्चिम नवलपरासीले कपिलवस्तुको टिमलाई ३० रनले पराजित गर्दै जित हात पारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीको टिमले निर्धारिता ५० ओभरमा ४६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७१ रन बनायो । उसका लागि सम्राट भुसालले ४२, रन्जितकुमार खड्काले ३५, इकलाख वारिसले १९ र ओमकार यादवले १६ रनको योगदान दिए । बलिङमा कपिलवस्तुका राज अग्रहरीले ३, मोहम्मद हुसेन गद्दी, प्रयासदेव गैरे र शिव कुँवरले समान २–२ तथा महेश भरले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कपिलवस्तु ४७ ओभरमा १ सय ४१ रन बनाउँदा अलआउट भयो र हार व्यहोर्यो । उसका लागि शिवशकुरमा मौर्यले २०, प्रतीक भट्टराई र रौनक श्रीवास्तवले समान १७–१७, रामजन अली धुनिया र शिव कुंवरले १४–१४ तथा राज अग्रहरीले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा नवलपरासीका राजेन्द्रबहादुर बम, ओमकार यादव र शिशिर थापाले समान ३–३ तथा इकलाख अहमदले १ विकेट लिए । खेलमा राजेन्द्रबहादुर बम प्लेयर अफ द म्याच घोषित भए ।

यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सुरु भएको हो ।

रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार