मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

मूल्यवृद्धि र सरकारी नीतिका कारण सुनचाँदी व्यवसाय संकटमा, व्यवसायी पलायन हुने अवस्था

Ujyalosandeshonline 12461+ समाचार ( )
१ माघ २०८२, बुधवार

बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ रुपन्देहीको छैठौं वार्षिक साधारण सभामा सहभागी व्यवसायीहरूले सुनचाँदीको लगातारको मूल्यवृद्धि र सरकारी नीतिका कारण व्यवसाय संकटमा परेको गुनासो गरेका छन् । बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले देशको अस्थिर राजनीति, विश्व बजारमा बढेको सुनको भाउ, भ्याट तथा २ प्रतिशत विलासिता कर जस्ता कारणले व्यवसायीहरू विस्थापित भएर विकल्प खोज्नुपर्ने बाध्यता आएको बताए । नेपाली ग्राहकको क्रयशक्तिभन्दा सुनको मूल्य उच्च हुनु र बजारमा चर्को प्रतिस्पर्धा हुनुले व्यवसाय सञ्चालनमा थप कठिनाइ सिर्जना भएको उनीहरूको भनाइ छ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुवकुमार गहतराजले राज्यले कर निर्धारण र अनुगमनका नाममा सञ्चालक तथा परिवारको समेत खाता हेर्ने जस्ता कार्य गरेको प्रति असन्तुष्टि जनाउनुभयो। उहाँले माघ १ गतेदेखि लागू हुने गरी ५ लाखभन्दा बढीको बिल नहुने सरकारी बन्देजले व्यवसाय नै ठप्प हुन सक्ने भन्दै गम्भीर हुन आग्रह गर्नुभयो। त्यस्तै, महासंघका केन्द्रीय सदस्य दीपककुमार विश्वकर्माले सरकारी कोटाले मात्र सुनको माग धान्न नसकेको बताउँदै सरकारले व्यवसायीका समस्या सुनुवाइ नगरे कडा आन्दोलनमा उत्रनुपर्ने चेतावनी दिनुभयो। संघका अध्यक्ष गोकुल विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा उहाँले संस्थाको प्रगति विवरण पेस गर्दै व्यवसायीको हकहित र सामाजिक उत्तरदायित्वमा संघले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार