मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

विचलित नभई आर्थिक क्रियाकलाप सञ्चालन गर्न व्यवसायीलाई पूर्वअर्थमन्त्री फोरमको आह्वान

रासस 657+ समाचार ( )
१४ कार्तिक २०८२, शुक्रबार

काठमाडौँ । पूर्वअर्थमन्त्री फोरमले आमनागरिक र व्यवसायीलाई विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलापहरू सञ्चालन गर्न आह्वान गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल उपस्थित रहेको आज यहाँ बसेको फोरमको बैठकले भदौ २४ गते जेनजीको भावनाविपरीत आपराधिक मानसिकता भएका अराजक समूहबाट गरिएका घटनामा तोडफोड, लुटपाट एवं आगजनीबाट आमनागरिक र व्यवसायी जगत्मा ठूलो आर्थिक र मनोवैज्ञानिक क्षतिबाट परेको प्रभावबाट विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलाप सञ्चालन गर्न आह्वान गरेको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिनुभयो ।

“यस घटनाबाट आमनागरिक, व्यावसायिक जगत्को मनोबल तथा आर्थिक क्रियाकलाप कमजोर हुन नदिन सरकारले सुरक्षा, राहत तथा सहुलियतजस्ता प्रयासलाई थप अघि बढाउन आह्वान गर्दछौँ”, उहाँले भन्नुभयो । बैठकले कर विवरण बुझाउने अवधि एवं ऋण तथा ब्याज भुक्तानीको अवधिलाई अतिरिक्त १५ दिन थप गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।

त्यसैगरी भदौ २४ गतेको घटनामा सार्वजनिक, व्यावसायिक तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड, लुटपाट एवं आगजनीजस्ता आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाहीमा तीव्रता ल्याउनसमेत सरकारलाई अनुरोध गरेको छ ।बैठकमा अर्थमन्त्री खनालसहित पूर्वअर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, वर्षमान पुन, प्रकाशशरण महत, गर्भनर विश्व पौडेल, अर्थसचिव घनश्याम उपाध्यायको सहभागिता रहेको थियो ।     

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार