मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

नयाँ दिल्लीमा ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ सम्पन्न

Ujyalosandeshonline 12461+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

काठमाडौं । ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ । लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनांै कलाकारहरुको उपस्थिति रहेको थियो । 

‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ का विभिन्न विधाहरुमा विजेता कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । उक्त कार्यक्रममा लोक दोहोरी गायिका एवम् मोडल रिया रेग्मी अवार्ड विजेता बनेकी छन् । रियाले ’रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलको अवार्ड हात पारेकी हुन्।

उनले आफ्ना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै अवार्ड हात पार्न सफल भएकी हुन् । कलाकारिताको क्षेत्रमा प्रवेश गरेको २ वर्षमै रियाले यो अवार्ड लगायत धेरै सफलताहरु हात पार्न सफल भएकी छन् । रियालाई वरिस्ठ गायिका शर्मिला गुरुङ,वरिस्ठ गायक इन्द्र जिसिले बेस्ट म्युजिक भिडियो मोडलको अवार्ड प्रदान गरेका थिए ।

अवार्ड वितरणपछि विजेताहरुले अझै यस क्षेत्रमा थप लगनशिल हुँदै अगाडी बढने बताए । सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम दोस्रो पटक आयोजना गरिएको बताइन् । सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसवर्ष पनि अवार्ड कार्यक्रम भएको हो ।

अवार्ड कार्यक्रमका लागि मनोनयन फारम खुल्ला गरेर सम्पुर्ण प्रक्रिया पूरा गरि भोटिङ गरेर धेरै भोट प्राप्त गरेका व्यक्तित्वलाई विजयी घोषणा गरिएको थियो । सो अवार्ड कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो  ।

यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाइनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो । अवार्डका विधाहरूमा राष्ट्रिय भावको गीत ,सर्वोत्कृष्ट लोक दोहोरी गीत , सर्वोत्कृष्ट एकल लोकगीत गायक÷गायिका, सर्वोत्कृष्ट मौलिक गीत गायक÷गायिका , सर्वोत्कृष्ट गायक÷गायिका ,सर्वोत्कृष्ट मोडल, सर्वोत्कृष्ट नयाँ मोडल, सर्वोत्कृष्ट भाका , सर्वोत्कृष्ट शब्द रचनाकार , सर्वोत्कृष्ट नव गायक÷गायिकालगायत रहेका थिए  ।

माघ १३ गते भारतको नयादिल्लीमा रहेको प्यारेलाल भवनको आईटीओ मा ख्याति प्राप्त कलाकार हरुको बिचमा सांस्कृतिक कार्यक्रम सहित अवार्ड वितरण  सम्पन्न भएको हो  । नेपाली गीत संगीतको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले वि.स. २०७० सालमा स्थापना भएको सुजन म्यूजिक प्रा.लि. नेपाली गीत, संगीतको क्षेत्रमा क्रियाशिल नेपालको सकृय म्युजिक उत्पादक संस्था हो ।

नेपाली गीत संगीतको उत्पादन तथा प्रकाशनको गौरवमय यात्रामा थुप्रै गीतसंगीतकर्मीसंग सहकार्य गर्दै गीत संगीतका सयौं रचनाहरु भौतिक तथा डिजिटल प्रविधिमा प्रकाशन गरी नेपाली तथा अन्य भाषाभाषीका गीत संगीतको क्षेत्रमा यस संस्थाले छुट्टै योगदानका साथ पहिचान बनाउन सफल भएको छ ।

नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज श्रष्टाहरुलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशील गीत संगीतकर्मीहरुको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको  आयोजक कमिटीकी  अध्यक्ष राना मगरले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार