मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

रुपन्देहीमा शान्ति सुरक्षा सुदृढ गर्न एआईजी दाहालको निर्देशन, सीमा व्यवस्थापनमा जोड

Ujyalosandeshonline 12461+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

भैरहवा । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले रुपन्देही जिल्लाको निर्वाचन सुरक्षाको जानकारी लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) दाहालले महाकाली–मेची यात्राका क्रममा रुपन्देहीको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले भैरहवास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वार्टर रुपन्देहीमा कमाण्डर तथा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरूसँग भेटेर छलफल तथा परामर्श गर्दै शान्ति सुरक्षा भरपर्दो र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नवराज बोहराले रुपन्देहीको समग्र सुरक्षा अवस्था, सीमा क्षेत्रको संवेदनशीलता, निर्वाचनमा सशस्त्र प्रहरी बलको तैनाथी योजना तथा सुरक्षा चुनौतीहरूबारे विस्तृत जानकारी गराएका थिए ।

एआईजी दाहालले निर्वाचन सुरक्षाको अवस्था तथा चुनौतीहरूबारे जानकारी गराउँदै निर्वाचनको समयमा आइपर्न सक्ने सम्भावित चुनौतीहरूको तत्काल समाधान, सुरक्षाकर्मीको प्रभावकारी परिचालन, सीमा निगरानी र शान्ति सुरक्षा व्यवस्थापनका सम्बन्धमा प्रशिक्षण सहितको निर्देशन दिएका थिए । उनले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, भन्सार तथा राजस्व कार्यालयका प्रमुखहरूसँग समेत भेटघाट गर्दै शान्ति सुरक्षा, निर्वाचन सुरक्षा, सीमा व्यवस्थापन, अवैध ओसार–पसार नियन्त्रण तथा राजस्व संरक्षणका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार