मुख्य समाचार
मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम |

मर्चवारीमाई गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक: ४७ करोडभन्दा बढीको बजेट अनुमान

जैसमोहम्मद खान 76+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

मर्चवार । रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाको २० औँ गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध, आत्मनिर्भर र व्यवस्थित गाउँपालिका निर्माण गर्ने लक्ष्यका साथ ४७ करोड ८० लाख ९० हजार रुपैयाँ बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

गाउँसभामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार, सहकारी, सुशासन तथा सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ, जसमा कृषि क्षेत्रको आधुनिकीकरण, उन्नत बीउबिजन वितरण, कृषि यान्त्रीकरण र युवाहरूलाई कृषि तथा उद्यमशीलतामा आकर्षित गर्ने विशेष योजनाहरू समावेश छन्।

अधिवेशनमा विशिष्ट अतिथिका रूपमा सहभागी गाउँपालिका उपाध्यक्ष आशा सिंहले प्रस्तुत नीति तथा कार्यक्रमले महिला, युवा, किसान, उद्यमी तथा विपन्न समुदायको आर्थिक एवं सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहकारी शाखाका लागि २ लाख, रोजगार शाखाका लागि ३ लाख, मेडपा कार्यक्रमका लागि २ लाख, मनोपरामर्शका लागि १ लाख तथा चालु आर्थिक वर्षका अधुरा योजनाहरूलाई निरन्तरता दिन ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। गाउँपालिकाले स्वरोजगार र सीप विकासमार्फत युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने र स्थानीय मठमन्दिर, पोखरी तथा तालहरूको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने रणनीति समेत बनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीले गाउँसभाबाट पारित नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउँदै विकास निर्माणका योजनाहरूको गुणस्तरमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो। अन्तमा, अध्यक्ष बरईले यो समृद्धिको अभियानलाई सफल पार्न जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी र सम्पूर्ण गाउँवासीलाई एकताबद्ध हुन आग्रह गर्दै मर्चवारीमाईलाई एक नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार