मुख्य समाचार
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई | नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति | लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक |

नवलपरासी पूर्वको ‘नमुना सदरमुकाम’ निर्माणले गति लिँदै

रासस 547+ समाचार ( )
१० पौष २०८२, बिहीबार

त्रिवेणी (नवलपरासी) । लक्ष्य भन्दा ढिला काम सुरु गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण योजनाले पछिल्लो समय गति लिएको छ । कावासोती नगरपालिका–३ स्थित १८७ विघा क्षेत्रफलमा नमूना सदरमुकाम निर्माण भइरहेको छ । 

विसं २०७६ वैशाखमा सदरमुकाम निर्माण सुरु गरिएपनि छ वर्षसम्म काम अघि बढ्न सकेको थिएन । गत वर्षदेखि निर्माण सुरु गरिएको जिल्लाकै महत्वपूर्ण आयोजनाले हालै गति लिएको हो ।   निर्माणस्थलका रूख हटाउनेलगायतका विभिन्न प्राविधिक कारण काम अघि बढ्न नसकेको जनाइएका थियो । हाल कामले गति लिएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इञ्जिनियर द्रोण कटुवालले बताउनुभयो । 

नमूना सदरमुकाम निर्माण दुई वटा ठेक्कामार्फत भइरहेको छ । पहिलो चरणको ठेक्काबाट जिल्ला प्रशासन कार्यालय र अन्य दुई कार्यालय रहने गरी एकीकृत भवन निर्माण भइरहेको उहाँले बताउनुभयो । चौधरी कन्ट्रक्सनले रु ३० करोड ६५ लाख ६ हजार ५२७ लागतमा काम गरिरहेको छ । २०८३ पुस २१ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको सो योजनाको पहिलो चरणको भौतिक प्रगति हालसम्म ४० प्रतिशत छ । 

दोस्रो चरणको ठेक्काबाट भ्याट बाहेक रु तीन अर्ब ६१ करोड लागतमा सदरमुकाम निर्माणस्थलमा ११ वटा सरकारी कार्यालय भवन निर्माण भइरहेका छन् । भवन बाहेक सडक, खानेपानी, विद्युत्का संरचनासहित केरुङ्गे खोला तटबन्धसमेत निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ । दोस्रो चरणको ठेक्का  २०८२ वैशाख २९ गते सम्झौता भइ २०८४ कात्तिक २८ गते सम्पन्न गर्ने गरी काम अघि बढेको इञ्जिनियर कटुवालले जानकारी दिनुभयो ।

समानान्तर–बुद्ध हिमाली जेभिले निर्माण गरिरहेको यस ठेक्काको हाल करिब १५ प्रतिशत भौतिक प्रगति पुगेको छ । दुवै चरणको काम निर्धारण गरिएको अवधिमा सम्पन्न गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ । नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ र प्रदेश मातहतका सबै कार्यालय निर्माण गरिने छन् । हाल सङ्घीय कार्यालय निर्माण भइरहेका छन् । प्रदेश मातहतका कार्यालय निर्माण थालिएको छैन ।

गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा केही बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको र प्रदेश सरकार मातहतका कार्यालय निर्माणका लागि बोलपत्र आह्वान हुनसक्ने आयोजना कार्यालयले जनाएको छ ।

नमूना सदरमुकाम निर्माण गुरुयोजना अनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, फुटबल स्टेडियम, क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभा हल, पुस्तकालय, खाजा घरलगायतका संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजना अनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार