मुख्य समाचार
‘बोर्डर इन्टरयाक्सन टिम’लाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन | गृह मन्त्रालयद्वारा सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू फिर्ता, कफ्र्यु जारी | गौतमबुद्ध लायन्सद्वारा भैरहवामा वृक्षारोपण | सुनसरी झडप: गोली लागेर युवकको मृत्यु भएपछि देवानगञ्जसहित पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | नेपाल सि एम ए संघका प्रदेशस्तरीय भेला सम्पन्न, | दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण | एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति | नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा | सीमा क्षेत्रका समस्या र पर्यटन प्रवर्द्धनका लागि नेपाल–भारतका पत्रकार मैदानमा | कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा |

गृह मन्त्रालयद्वारा सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू फिर्ता, कफ्र्यु जारी

Ujyalosandeshonline 11824+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

काठमाडौँ  । गृह मन्त्रालयले सुनसरीको देवानगञ्जमा गएराति दुई समूहबीच भएको झडपको घटनालाई लिएर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा तानेर उहाँको ठाउँमा सङ्खुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाएको छ ।

त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ फिर्ता बोलाइ उहाँको स्थानमा डीआईजी शेखर खनाललाई पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र त्यहाँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। सशस्त्र प्रहरी बलका एसपी श्यामकुमार कार्कीलाई प्रधान कार्यालय तानी लवकुमार सापकोटालाई तथा कप्तानगञ्जस्थित सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोको ठाउँमा मदन नाथलाई खटाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा परी एक जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त समितिले एक साताभित्र प्रतिवेदन बुझाउने जनाइएको छ। घटनापछि थप अशान्ति फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार