मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

गृह मन्त्रालयद्वारा सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू फिर्ता, कफ्र्यु जारी

Ujyalosandeshonline 12611+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

काठमाडौँ  । गृह मन्त्रालयले सुनसरीको देवानगञ्जमा गएराति दुई समूहबीच भएको झडपको घटनालाई लिएर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा तानेर उहाँको ठाउँमा सङ्खुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाएको छ ।

त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ फिर्ता बोलाइ उहाँको स्थानमा डीआईजी शेखर खनाललाई पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र त्यहाँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। सशस्त्र प्रहरी बलका एसपी श्यामकुमार कार्कीलाई प्रधान कार्यालय तानी लवकुमार सापकोटालाई तथा कप्तानगञ्जस्थित सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोको ठाउँमा मदन नाथलाई खटाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा परी एक जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त समितिले एक साताभित्र प्रतिवेदन बुझाउने जनाइएको छ। घटनापछि थप अशान्ति फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार