मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता

Ujyalosandeshonline 12461+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट बीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।

बुधबार म्यानेजमेन्टमै जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारको रुपमा रहनेछ । प्रायोजन रकमबारे भने केही खुलाइएको छैन । जनकपुर बोल्ट्सका खेलाडी अनिल साह र शुभ कंशाकारको समेत उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । अनिल र शुभ दुबैजना म्यानेजमेन्टका पूर्वविद्यार्थी हुन् । यस्तै म्यानेजमेन्टले अनिल साहलाई आफ्नो ब्राण्ड एम्बेसेडर समेत नियुक्त गरेको छ ।

प्रायोजनसम्बन्धी सम्झौतापछि हेटौँडा स्कूल अफ म्यानेजेमन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले यसपटक शैक्षिक साझेदारको रुपमा प्रायोजन गरेको म्यानेजमेन्टले आगामी दिनमा टिम नै खरिद गर्ने सम्भावना रहने बताए । क्रिकेटको विकासका लागि पूर्वराष्ट्रिय खेलाडी राम नरेश गिरीलाई प्रशिक्षक नियुक्त गरिएको पनि उनले बताए ।

म्यानेजमेन्टमा दिवा समूहका सबै विद्यार्थीको बाक्लो उपस्थितिमाझ बारा जिल्लाका अनिल साहले आफ्नो व्यावसायिक क्रिकेटको सुरुवात भने मकवानपुरबाटै सुरु भएको बताए । उनले म्यानेजमेन्ट भन्ने बित्तिकै कडा अनुशासन भन्ने बुझिने उल्लेख गर्नुहुँदै कडा अनुशासनको सिद्धान्तलाई आफूले क्रिकेटमा लागु गरेकै कारण सफलता मिलेको बताए ।

आशिफ शेख मार्की प्लेयर भएको जनकपुर बोल्ट्समा नेपाली राष्ट्रिय टिमका पूर्व मुख्यप्रशिक्षक श्रीलंकाली पुबुदु दसानायके रहेका छन् । मंसीर १५ गतेदेखि काठमाडौंमा सुरु हुने एनपीएलमा जनकपुर बोल्ट्समा अमेरिका निवासी हेटौँडा–५ का इन्जिनियर उत्सव सिग्देलले पनि लगानी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार