मुख्य समाचार
धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना |

मर्चवार प्रेस क्लबको अध्यक्षमा पुनः हृदयराम गुप्ता

जैसमोहम्मद खान 75+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

मर्चवार । मर्चवार प्रेस क्लब, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राधेश्याम कुर्मीले देशमा सुशासन कायम गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले  पत्रकारले इमान्दारिताका साथ भ्रष्टाचारविरुद्ध कलम चलाए भ्रष्टाचारीको मनोबल कम हुनको साथै मुलुकमा पारदर्शीता कायम हुने विश्वास व्यक्त गरे । उनले भने–‘पत्रकार देशको चौथो अंग हुुन् । पत्रकारिता कमजोर भए देशको अवस्थामा पनि असर पुग्छ । केही पार्टी तथा व्यक्तिविशेष पत्रकारिताले निष्पक्ष पत्रकारीतामा असर पुगेको छ ।’ 

कार्यक्रमका विशिष्ट अतिथि मधेशी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान कार्यसमिति सदस्य राम विकास चौधरीले बढदो आधुनिकताका साथ पत्रकारिताको शैलीमा पनि परिवर्तन आवश्यक रहेको बताए । उनले भने–‘छिटो सम्प्र्रेषण गर्ने नाममा अधुरो जानकारीसहितको समाचारले समाज र पत्रकारितालाई समेत नकारात्मक असर गर्छ । त्यसैले पत्रकार र पत्रकारिता दुवैलाई प्रभावकारी बनाउन गरी समाचार लेखन जरुरी छ ।’ क्लबको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्लबका अध्यक्ष हृदयराम गुप्ताले पत्रकारहरुको हकहितसँगै पत्रकारिताको मर्यादालाई पनि व्यवस्थित बनाउने बताए । ग्रामीण क्षेत्रमा पत्रकारितामा धेरै चुनौती रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा अझ सजक, जिम्मेवारी तथा लगनशीलताका साथ काम गर्नुपर्ने बताए । क्लबमा आबद्ध पत्रकारहरुको लेखनशैली, क्षमताको अभिवृद्धिसँगै व्यवसायिक पत्रकारीतालाई प्रवद्र्धन गर्ने अध्यक्ष गुप्ताले बताए ।

वार्षिक साधारण सभामा क्लबका कोषाध्यक्ष जैस मोहम्मद खानले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्लबका सचिव मोहम्मद असलम खाँले कार्यक्रमको सञ्चालन गरेका थिए ।

अध्यक्षमा पुनः गुप्ता

शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्ष पदमा हृदयराम गुप्ता पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।अध्यक्षमा निर्वाचित गुप्ता नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य समेत हुन् । निर्वाचन समिति संयोजक राधेश्याम कुर्मीका अनुसार क्लबको उपाध्यक्षमा सुमन कुमारी कलवार, सचिवमा मोहम्मद असलम खाँ, सह–सचिवमा सीताराम चौधरी र कोषाध्यक्षमा जैस मोहम्मद खाँ निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यमा सुकई कोहार, दीपक कुमार कलवार, अवधेश विश्वकर्मा र दिनेश प्रसाद लोध रहेको निर्वाचन संयोजक कुर्मीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार