मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

नेपाली कांग्रेस रुपन्देहीद्वारा ५ किलोमिटर खुल्ला मिनी म्याराथन प्रतियोगिता

Ujyalosandeshonline 10781+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

भैरहवा । १११ औं विपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस रुपन्देहीले ५ किलोमिटरको खुल्ला सडक दौड (मिनी म्याराथन) प्रतियोगिता सम्पन्न गरेको छ । 

सोमबार विहान सम्पन्न प्रतियोगितामा ईटहरीका धावक  धनु मानान्धर १५ मिनेट ५२ सेकेण्डमा उक्त दुरी पार गर्दै प्रथम भए । यस्तै रुपन्देही गैडहवाका उमेश बरई १६ मिनेट ४ सेकेन्ड र रुपन्देही सियारीका अजय पाण्डे १६ मिनेट २५ सेकेण्ड लिदै क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरे  । 

महिला तर्फ भने नेपाली सेनाको वर्चस्व रह्यो । महिला तर्फ दोश्रो बाहेक सबै पुरस्कार सेनाले हात पारेको छ । कालीभक्ती गणकी सरिता कुमारी बस्नेतले ५ किलोमिटरको दुरी २१ मिनेट २९.४४ सेकेण्ड लिदै प्रथम भइन । दोश्रो हुने कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेण्डमा उक्त दुरी पार गरिन । यस्तै नेपाली सेनाकै विपन केसी २१ मिनेट ४४ सेकेण्ड लिदै तेश्रो भए । 

पुरुष तर्फ मनोज केवट र महिला तर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गरे । यस्तै प्रतियोगितामा भाग लिएका मध्ये हरिचन्द्र श्रेष्ठ (५८ वर्ष), मयंक अग्रवाल (११वर्ष) र सादिक पठान (११वर्ष)लाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको खेलकुद संयोजक ओमकुमार श्रेष्ठले बताए । 

प्रतियोगितामा प्रथम आउनेलाई १० हजार र मेडल, दोश्रोलाई नगद ५ हजार सहित मेडल, तेश्रो हुनेलाई ३ हजार नगद सहित मेडल र सान्त्वना हुनेलाई १ हजार ५ नगद सहित मेडल प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारण गरि ४ सय ५० जना बढी धावकको सहभागीता रहेको उनले बताए । 

“खेलको विकास गर्नुपर्छ” भन्ने विपीको भनाईलाई आत्मसात गर्दै उनको १११ औं जन्मजयन्तीको अवसर पारेर प्रतियोगिताको ओाजना गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँणले बताए । “खेलले नागरिकलाई स्वस्थ बनाउछ, राष्ट्रलाई बलियो बनाउछ । राष्ट्रियतालाई बलियो बनाउछ । त्यहि सिलसिलामा हामीले पनि खेलको विकास र युवालाई संगठित बनाउने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरेका हौं ।” खाँणले भने “खेलको विकासबाट राष्ट्रकै विकास गर्न सकिन्छ र यसमा पार्टीहरु पनि लाग्नुपर्ने सन्देशस सहित मिनि म्याराथनको आयोजना गरेका हौं ।”

पार्टीको लागि यो नया कार्यक्रम रहे पनि यसपछि खेलको विकासको लागि यसलाई नियमितता दिने उनले बताए । यससंगै खेलको अन्य विधाहरुमा पनि नेपाली कांग्रेसले अग्रसरता लिने उनको भनाई थियो । 

गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल अगाडीबाट सुरु भएको दौड लुम्बिनीरोड, नारायण पथ हुदै मिलनचोकमा समापन भएको थियो । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार