मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12461+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलबीच सोमवार राप्ती उपत्यका(देउखुरी)मा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदान प्रदानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

‘प्रदेश स्थापना भएको आठ वर्षको अवधिमा संघीयतालाई बलियो बनाउने गरी प्रदेश तहबाट उल्लेखनीय कार्यहरू भएका छन् । पूर्वाधार विकास, सामाजिक सुधार तथा मानव पुँजी निर्माणका क्षेत्रमा भएका प्रयासहरू उपलब्धिपूर्ण छन्,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘अन्तरप्रदेश समन्वय र सहकार्यले संघीयतालाई थप मजबुत बनाउनेछ ।’

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश तहबीच कानुन निर्माणदेखि असल अभ्यासहरूको आदान प्रदान लाई सिकाइको माध्यमका रूपमा लिन सकिनेछ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले लुम्बिनी प्रदेशले कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन तथा आफ्नै प्रशासनिक केन्द्र निर्माणमा प्राप्त गरेका सफलताहरू कोशी प्रदेशका लागि सिकाइ हुने उल्लेख गर्नुभयो ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले प्रदेश तहमा हुने यस्ता सिकाइ आदानप्रदानले भावनात्मक रूपमा पनि प्रदेशहरूलाई नजिक ल्याउने भएकाले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । छलफलमा नेपाली कांग्रेसकी सचेतक शोभा लिम्बु, नेकपा माओवादी केन्द्रकी सचेतक गीता तिम्सिना, नेकपा एसका सचेतक विद्या चाम्लिङ राई, राप्रपाका सचेतक गोपाल गजमेर लगायतको सहभागिता थियो । लुम्बिनी प्रदेशबाट मुख्यमन्त्री आचार्यसँगै प्रदेश सभा सदस्य यमबहादुर नेपाली, निमा गिरीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार