मुख्य समाचार
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने |

विपद् व्यवस्थापनमा समुदायको भूमिका नै महत्वपूर्ण

Ujyalosandeshonline 11003+ समाचार ( )
१७ असार २०८१, आइतबार

भैरहवा । विपद् व्यवस्थापनमा समुदायको संलग्नता अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विपद् जोखिम व्यवस्थापन राज्यको प्रमुख दायित्व भएता पनि राज्यको दायित्व मात्र व्यवस्थापनका लागि प्रयाप्त नभएको कार्यक्रमका वक्ताहरुले जोड दिए । 

सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल, नेपालको आईतबार देखि भैरहवामा सुरु भएको चौथो केन्द्रिय महाधिवेशनमा बोल्ने वक्ताहरुले विपद् व्यवस्थापनमा हरेक व्यक्ति र समुदायको भूमिका समान महत्वपूर्ण रहेको बताए । विपद् व्यस्थापन राज्यले मात्र गर्दा समुदायले अपनत्व महशुश नगर्ने, राज्यप्रति नागरिकको परनिर्भरता मात्रै बढने भएकोले प्रतिकार्य प्रभावकारी नहुने उनिहरुको तर्क थियो । 

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरकार भन्दा पनि समुदायले शशक्तिकरण नगरे सम्म विपद् व्यवस्थापनको प्रभावकारीता माथि प्रश्नचिन्ह खडा हुने बताए । “हामी विपद् व्यवस्थापनको बारे कुरा गर्दा सरकार प्रति अपेक्षा अलि बढी हुन्छ ।” उनले भने “समुदाय केन्द्रित विपद् व्यवस्थापन अवधारणाले सरकारलाई यसको खाका कोर्न सहज बनाउछ भने यसमा रङ्ग भर्ने काम समुदायको हो ।”

उनले भाषणमा चर्का कुरा गरे पनि यथार्थ फिल्डमा काम गर्नेलाई मात्र थाहा हुने गरेको जिकिर गरे । रुपन्देही सुगम जिल्ला भए पनि दमकलको अभाव भएको देखाउदै उनले प्रत्येक पालिकाले विपद्संग जुध्न दमकल खरिद गर्न आग्रह गरिएको बताए । 

यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले विपद् लगायत अन्य कामको लागि सबै भन्दा बढी अवरोध वडा अध्यक्षहरुबाट आउने गरेको बताए । “वडा अध्यक्षहरुलाई आफ्नै वडा चलाउन बजेट सिलिङ्ग माग गरिरहेका हुन्छन्, उनिहरुलाई पूर्व तयारी संग मतलब नै हुन्न ।” चपाईले भने “रुपन्देहीको उत्तरी भाग भन्दा दक्षिणी भागमा अझै यो समस्या बढी रहेको छ ।”

चपाईले दक्षिणी पालिकाहरुले सके सम्म विपद् व्यवस्थापनमा बजेट नै छुट्टयाउन नखोज्ने र बजेट छुट्टयाए पनि अत्यन्तै न्यून राखेर त्यसलाई कनिका सरि बाड्ने गरेको गुनासो गरे । 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतमा घरबार बिहिन भएकाहरुको लागि अस्थायी आवासको लागि तत्काल ५० हजार रुपैया दिने कार्यविधि तयार भएको बताए । यस्तै यस्ता पिडितहरु जसको घर बगाएको, जलेको लगायतको कारणले नष्ट भएको र दोश्रो घर नभएकालाई ३ लाख रुपैया सम्म प्रदान गर्न सक्ने कार्यविधि तयार भएको उनले जानकारी दिए । 

उनले अहिले मनसुनको समय भएकोले प्राधिकरणले यसमा विज्ञहरुसंगको सल्लाह लिई यसको प्रतिकार्यको तयारी गरेको बताए । “अबको ३ दिन र त्यस पछिका दिनहरुमा समेत धेरै वर्षा हुने सम्भावना रहेको छ, यस विषयमा हामीले गहिराईमा विज्ञहरुसंग छलफल गरेका छौं ।” उनले भने “यसले पार्ने असर र यसबाट जोगिने उपायहरुका बारे छलफल गरेका छौं । 

नेपालभरि छरिएर रहेका सामुदायिक प्रकोप व्यव्सथापन समितिलाई एक सुत्रमा आवद्ध गरि तिनको व्यवस्थापनमा दिगो र प्रतिफलमुखी बनाउन, विपद् प्रभावित समुदायको मानव अधिकारको रक्षा, विपद् व्यवस्थापनमा प्रत्येक निर्णायक तहमा समुदायको पहुच कायम गराउने उद्देश्य सहित सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल गठन गरिएको यसको केन्द्रिय अध्यक्ष जगन्नाग प्रसाद कुर्मीले बताए । सोमबार सम्म चल्ने महाधिवेशनले आमागी कार्यकालको लागि नया कार्यसमिति समेत चयन गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार