मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

ठूला दुई दलको मिलन, खतराको घण्टी : सभापति लामिछाने

Ujyalosandeshonline 12461+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले, ठूला दुई दलको मिलन खतराको घण्टी रहेको भन्दै वर्तमान सरकारले भ्रष्टाचारका फाईलहरु खोल्न नपाउँदौं ढाकछोप गरेर बन्द गर्ने प्रयास गरेको आरोप लगाए । 

उनले भने, ‘मैले भन्दै आएको दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो  । हिजो कुरा चल्यो फाईल तिमिहरुले होईन हामीले खोलेका हौं भनेर । अझ काण्ड पनि हामीहरुले नै गरेका हौं भनिदिएको भए पनि राम्रो हुने थियो । फाईल तपाईहरु नै खोल्नु भएको तर बन्द नहुँदै जिउँदै फाईल गाड्ने प्रयास गर्नुभयो जुन फाईलमा प्राण थियो ।’

उनले संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट दुई ठूला दलको नयाँ दलको रास्वपालाई सिध्याउने लक्ष्य रहेको पनि आरोप लगाए ।

आइतबारको विशेष समयमा बोल्दै कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले रवी लामिछानेले आफ्नो कार्यकालमा सिरोहियाको नागरिकताबारे एउटा मात्रै फाइल खोलेको र त्यो पनि खोदा पहाड, निकला चुहा’ भएको अभिव्यक्ति राखेका थिए । 

त्यस्तै, सोमबार नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । 

उनले भने, ‘संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट थाहा हुन्छ । सरकारमा रहेका दुई ठूला दलको टारगेट नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी छ । हिजोको कांग्रेसको महामन्त्रीको अभिव्यक्ति आजको एमालेको पुराना नेताहरुको अभिव्यक्तिले के दखाउँछ भने अब यी नयाँलाई ठिक पार्नुपर्छ । एउटा एउटा आरोप लगाइदिनुपर्छ । अनि मात्र हामी जोगिन्छौ भनेर मिलेको स्पष्ट भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार