मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

नवलपरासीका डिएफओ पंगेनीमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप

Ujyalosandeshonline 11005+ समाचार ( )
१४ पौष २०८१, आइतबार

मोहन पौडेल

परासी । डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख(डिएफओ) जीवन पंगेनी माथी महिलालाई दुव्र्यहार गरेको आरोप लागेको छ । सामुदायिक वनको कामका लागि डिभिजन वन कार्यालयमा पुगेका दुई जना अभियान्ता महिलाहरुलाई कार्यालय प्रमुख पंगेनीले आफ्नै कार्यकक्षमा अश्लिल शब्द प्रयोग गर्दै दुव्यर्वहार गरेको बताईएको छ । 

सामुदायिक वनका अभियान्ताहरु माथी वन कार्यालयका प्रमुखले नै हिंसात्मक दुव्यर्वहार गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) नवलपरासीले कारवाही गर्न माग गरेको छ । फेकोपनले आज प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई न्यायको लागि निवेदन बुझाउँदै डिएफओ पंगेनीलाई तत्काल कानूनी कारवाहीमा ल्याउन र पीडितलाई न्याय दिलाउन माग गरेको हो । 

फेकोफनका जिल्ला अध्यक्ष शारदा पोखरेल, केन्द्रिय सदस्य कमल परियार, प्रदेश सदस्य नारायण पाण्डेसहित विभिन्न सामुदायिक वनका अभियान्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभएको हो । 

डिएफओ पंगेनीले आदर्श सामुदायिक वन उपभोक्ता समूह सुनवल ४ की सचिव तेजकुमारी क्षेत्रीलाई गत मंसिर ९ गते र स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ सरावलकी उपाध्यक्ष रानी कँवरलाई पुस ११ गते आफ्नै कार्यकक्षमा फाईलमा तोक लगाउन जाँदा जथाभावी गाली,अपशब्द तथा महिला हिंसात्मक बोली बोलेर दुव्र्यवहार गरेको फेकोपनले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको निवेदनमा उल्लेख छ । प्रजिअ श्रेष्ठले दुवै पक्षको कुरा सुनेर मात्र आवश्यक कदम चाल्ने बताउनुभयो । 

डिएफओ पंगेनीले भने आफूले कसैलाई पनि दुव्र्यहार नगरेको बताउनुभएको छ । “सामुदायिक वन भित्र मन्दिर निर्माण गर्न दिनुपर्यो भने आउनुभएको थियो, मैले कानूनले मिल्दैन भनेर पठाएको हुँ,त्यसैलाई अतिरञ्जित गरिएछ, कार्यालयमा आउने सेवाग्राहीलाई मैले किन दुव्र्यहार गँर्थे र ?”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार