मुख्य समाचार
सिरहामा लागुऔषधसहित तीन जना पक्राउ, ठूलो परिमाणमा गाँजा बरामद | यातायात व्यवस्था कार्यालय नेपालगञ्जको सेवा सुचारु | अख्तियारद्वारा माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुकाे आशा पलाएको छ: मुख्यमन्त्री आचार्य | Gen-Z अर्घाखाँचीद्वारा बागी खोला सरसफाइ, समाजमा स्वच्छताको सन्देश | लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन | शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापकसहित दुई जना पक्राउ | हत्याराले टाउकोसहित प्रहरीसमक्ष आत्मसमर्पण, कैलाली प्रहरीद्वारा अनुसन्धान जारी | नवलपरासीका लागि रासायनिक मलको कोटा वृद्धि | ओमसतिया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु |

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

Ujyalosandeshonline 8908+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

हेटौंडा । दशैं नजिकिँदै गर्दा मकवानपुरको हेटौंडामा रहेको खसी बजारमा मूल्य आकासिँदै गएको छ भने माग भने विगतका वर्षको तुलनामा कम देखिएको छ । व्यापारीहरूले तोकेको मूल्यभन्दा दोब्बरमा खसी बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ ।

दसैँ सुरु भए पनि हेटौंडा बजारमा खसीबोकाको माग धेरै बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ । मकवानपुरका गाउँगाउँमा तथा हेटौंडा बजार क्षेत्रका बसपार्क, चौकिटोललगायत स्थानमा राखिएका खसीबोकामा पनि पहिलेका जस्ता उत्साहजनक किनबेच हुन सकेको छैन । खसी बोकाको व्यापार गर्दै आएका स्याम यादवका अनुसार चाडपर्व नजिकिँदा पनि सोचे जस्तो कारोबार हुन नसकेको हो ।

व्यवसायीहरूले खसी–बोकाको मूल्य गत वर्षकै हाराहारीमा रहेको बताएका छन् । हेटौंडा बजारका पसलमा खसीको मासु प्रतिकेजी एक हजार रूपैयाँमा बिक्री भइरहेको छ भने दसैंका लागि हेटौंडाबाट काठमाडौं शहरमा खसीबोका पठाइने क्रम पनि चलिरहेको छ ।

मकवानपुरका किसानहरूले दसैंका लागि बिक्रीमा राखिएका खसीबोकाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । मकवानपुरगढीका किसान स्याम तिमल्सिनाका अनुसार माग कम र मूल्य पनि खासै बढ्न नसक्दा बिक्रीमा समस्या भएको छ । यससँगै उपभोक्ताहरूले स्थानीय प्रशासनलाई बजार अनुगमन गर्न र मूल्य नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार