मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

होटल बाराही काठमाडौंले रुफटपमा थप्यो ‘लाउञ्ज एण्ड बार’

Ujyalosandeshonline 12444+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराहीले नवौं तलामा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा ल्याएको छ ।

‘लाउञ्ज एण्ड बार’मा ग्राहकले रोजाइअनुसार इन्डोर र आउटडोर गरेर १०० जनासम्मले एकैपटकमा सेवा लिन सक्छन् । बार तर्फको लाउञ्ज सर्वसाधारणका लागि हरेक दिन दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ भने प्राइभेट लाउञ्जतर्फ बुकिङ अनुसार सेवा लिन सकिनेछ ।

काठमाडौंको प्रिमियम लोकेसन, त्यसैमाथि आफ्नै अगाडि नारायणहिटीको दृश्य देख्न पाइने भएकाले हाल बाराही काठमाडौं आकर्षणको केन्द्र बनेको छ ।

चार तारे स्ट्याण्डर्डको यस होटलको सातौं तलामा इन्फिनिटी स्विमिङ पुल र रेष्टुरेन्ट रहेको छ । साथै होटल वातावरणमैत्री भएकाले प्लास्टिकलाई सकेसम्म कम प्रयोग गर्ने गरेको छ ।

केशरमहलको अगाडि चोकैमा रहेको यस होटलको नवौं तलामा रहेको रुफटपबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार