मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

मर्चवारीमा स्वयंसेविका दिवस : स्वास्थ्यकर्मी र स्वयंसेविकालाई सामूहिक सम्मान

जैसमोहम्मद खान 76+ समाचार ( )
१९ मंगशिर २०८२, शुक्रबार

मर्चवारी । मर्चवारी गाउँपालिकाले ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने मूल नाराका साथ २२औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भव्यताका साथ मनाएको छ ।

गाउँपालिकाले स्वास्थ्यका मुख्य सूचकहरूको आधारमा लगातार ३ वर्षदेखि रुपन्देही जिल्लामै प्रथम स्थान हासिल गरेको उपलक्ष्यमा सोही कार्यक्रम मार्फत सम्पूर्ण स्वयंसेविका, स्वास्थ्यकर्मी तथा साझेदार संस्थाहरूलाई सामूहिक प्रशंसा पत्रसहित सम्मान गरेको छ । दिवसको अवसरमा मर्चवारीको वडा नं ४ दुबौलियादेखि प्राथमिक स्वास्थ्य केन्द्र अमवासम्म प्रभातफेरी (र्‍याली) को आयोजना गरिएको थियो ।

गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षता र स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा देवी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठी, वडा नं २ का वडाध्यक्ष शशिदयाल चौधरी, वडा नं ४ का वडाध्यक्ष ओमप्रकाश चौधरी र स्वास्थ्य शाखा प्रमुख फेकन शाह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला स्वयंसेविका लक्ष्मी चौधरी, स्वास्थ्यकर्मी राधेश्याम हरिजन, स्वास्थ्य शाखा प्रमुख फेकन शाह, छाया नेपालका लक्ष्मण उपाध्याय र वडाध्यक्ष शशिदयाल चौधरीले आ-आफ्नो मन्तव्य राखेका थिए । स्वास्थ्य शाखाका पुरुषोतम घिमिरेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक राकेश प्रसाद यादवले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार