बन्दहुने अवस्थामा एसियाकै सबैभन्दा पूरानो चिज कारखाना, छैन् सरकारी चासो

Ujyalosandeshonline 11142+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

मुलुकको सबैभन्दा पुरानो रसुवाको लाङटाङ चिजउत्पादन केन्द्र धरासायी अवस्थामापुगेको छ । विशेष गरी याक चौरीको दुधमार्फत चिज उत्पादनगर्दै आइरहेको केन्द्रमा दूध नै आउन छाडेपछि कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ ।

एसियाकै सबैभन्दा पुरानो चिज उत्पादन केन्द्र मानिएको कारखाना १९५२ मा स्थापनामा भएको हो । स्वीस नागरिक टोनी हेगेनको पहलमा रसुवाको क्यान्जेनमा उत्पादन केन्द्र खोलिएको थियो । एक दशक अघिसम्म सात सय लिटर दूधमार्फत चिज उत्पादन हुने गरेको भएपनि हाल १ सय ५० लिटर दूध पाउन पनि मुस्किल भएको केन्द्र प्रमुख ग्याल्बो लामाले बताए ।

‘म २७ बर्षदेखि कारखानमा कार्यरत छु । १४ बर्ष देखि केन्द्र प्रमुखका रुपमा काम गरिरहेको छु । कारखानामा दिन प्रति दिन उत्पादन घट्दै गएको छ । पर्यटकको चाप बढेकाले चिजको माग पनि बढ्दो छ तर हामी कारखानाबन्द गर्नुपर्ने अवस्थामापुगेका छौं । लाङटाङको उत्पादनले नपुगेर काठमाडौंबाट चिज लगेर बेच्नुपर्ने अवस्थामा छौं,’ उनले भने,‘दुधको मूल्य नहुँदा र राज्यले किसानहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन नसक्दा उत्पादन घट्दो अवस्थामा छ ।’

लाङटाङ पर्यटकको हबहो । याकचौरी पाल्ने किसानहरु पर्यटन व्यवसाय तिर व्यस्त भएकाले चौंरी गोठहरु हटाउन थालेका छन् । भएका गोठहरुमा पनि सरकारको प्रोत्साहन नभएको स्थानीयबासीको भनाइछ । चौंरी पालेर भन्दा पर्यटन व्यवसायमा मनग्ये आम्दानी हुने भएपछि किसान व्यवसायिक रुपमा दुधउत्पादन गर्न सक्रिय छैनन् । 

‘०७२ सालको विनाशकारी भूकम्पमा परी यहाँका करिब सात सय याक चौंरी मरे । २३ किसानले ज्यान गुमाउनुपर्यो । त्यसपछि व्यवसायिक रुपमा चौरी पालन हराउँदै गयो । मानिसहरुले व्यवसाय बदलेर पर्यटन तिर आकर्षित भए । बाल बच्चा बढाउन भनी स्थानीयबासी शहर तिर बसाई सर्न थालेपछि थप समस्या आउन थालेको छ,’तामाङले भने,‘यही अवस्थाहो भने चिज कारखाना बन्द गर्नुपर्ने अवस्था आइसक्यो ।’

दुग्ध विकास संस्थानले चौरीको चिजको मूल्य १८ सय ८० रुपैंयाँ तोकेको छ । दुधको मूल्य प्रतिलिटर करिब एक सय रुपैंयाँ मात्र छ । ‘लाङटाङमा कालो चियाको मूल्य नै १ सय २० रुपैंयाँ छ । दूध प्रतिलिटर एक सय रुपैंयाँ पनि नहुनु दुर्भाग्यपूर्ण छ । किसानहरु दुध बेच्नु भन्दाकालो चिया बेचेर मनग्गे आम्दानी गरिरहेका छन्,’ तामाङले भने,‘पटक पटक माग गर्दापनि सरकारले किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम नै ल्याउन सकेन । चासो नै दिएन् । बीमा र अनुदान काकार्यक्रमहरु ल्याउनै सकेन् ।’

प्रमुख तामाङका अनुसार कुनै सयम पाँचजना किसानले तीन सय लिटरसम्म दुधल्याउने गरेको भएपनि अहिले पूरै घटेको छ । यसपाली पनि दुईवटा चौरी गोठ विक्री भइसकेकाले उत्पादन थप घट्ने उनले जानकारी दिए ।

‘चिजको माग पुरा गर्न हामीले लाङटाङ, गत्लाङ, तातोपानी, चन्दनबारी, धुन्चे तिरबाट चिज संकलन गरिरहेका छौं । पर्यटकहरुको माग पुरा गर्न काठमाडौंबाट चिज लाङटाङ ल्याइरहेका छौं ।लाङटाङमा एक सय १६ घरधुरी रहेपनि हाल तीनवटा गोठमा ६०–७० वटा मात्र याक चौरी छन्,’ उनले भने । उनले लाङटाङ क्षेत्रमा हाल हिउँकम पर्न थालेकाले जलवायु परिवर्तनको असर देखिन थालेको पनिबताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार