मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

कुरा मात्र गरेर देश र समाजको प्रगति हुँदैन् : मन्त्री सिंह

Ujyalosandeshonline 11004+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

भोजपुर । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेहनत नै नगरि कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताएका छन् ।

सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रगतिको जनचाहना पूरा गर्न मेहनत गर्नुपर्नेमा जोड दिएका हुन् । उनले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजगका गाउँमा शिक्षको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताए ।

उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेकोमा पनि जोड दिए । देशले समृद्धि र विकास हासिल गर्नका लागि होस् वा विद्यार्थीले आफ्नो लक्ष्य प्राप्त गर्न मेहनत नगरि सम्भव नहुने सिंहको भनाई छ ।

‘हामीसँग भएको चीजको महत्व नबुझ्ने, अरु ठाउँमा अरु देशमा भएको कुरामा मात्रै आकर्षित हुने प्रवृत्ति बढेको छ । जे हामीसँग छ, त्यसैलाई सुधार गरेर हामी अगाडि बढ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ,‘मेहनत गरेको खण्डमा त हामीले केही प्रगति गर्न सकौँला । मेहनतनै नगरिकन, कुरा मात्र गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न सकिँदैन ।’

अहिले अवसर पाएर पढिरहेका विद्यार्थीले समाजका लागि के गर्न सक्छौं भन्ने सोच्न पनि उनले आग्रह गरे । पाठ्यक्रमको शिक्षाले आधार बनाउने भन्दै उपप्रधानमन्त्री सिंहले प्रगतिका लागि भने आफ्नो रुचीको क्षेत्रमा लगनशिलताका साथ मेहनत गरे सफलता प्राप्त हुने बताए ।

उपप्रधानमन्त्री सिंहले २००५ सालमै स्थापना भएको सिद्धेश्वर माध्यमिक विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले समाजका विविध क्षेत्रमा योगदान गरिररहेको भन्दै विद्यालयको पूर्वाधार विकासमा आपूmले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउँदै विद्यालयको प्रगतिको कामना गरे ।

 फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले देशको समग्र विकासक्रम विधिसम्मत र  व्यवहारिक रुपमा अघि बढाइरहेको बताए । यो सरकार राजनीतिक स्थिरताको जगमा विकास निर्माणका कार्यहरु गर्नका बनेको पनि प्रष्ट पारे ।

सिद्धेश्वर माध्यमिक विद्यालयले आज स्थापनाको ७७औं वार्षिेकोत्सव मनाएको हो । कार्यक्रममा सिंहसँगै नेपाली कांग्रेसका कोषाध्यक्ष, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ पनि सहभागि थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार