मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

गैडाटारमा जंगली हात्तीले केरा माडेर नष्ट

Ujyalosandeshonline 12348+ समाचार ( )
२७ पौष २०८१, शनिबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा जंगली हात्तीले आतंक मच्चाएको छ ।  केही दिनदेखि गैडाटार गाउँ आसपासको क्षेत्रमा जंगली हात्ती देखा परेको हो । 

बस्ति नजिकमा देखा परेको हात्तीले केरा तथा अन्य बाली खानुको साथै माडेर नष्ट पारिदिएको छ । प्राय : दिनँहु हात्तीले दुख दिँदा र बालिनाली नष्ट गर्दा पनि सम्बन्धित निकायले नियन्त्रणमा चासो नदिएको स्थानिय सम्पूर्ण चौहानको आरोप छ । 

हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको उनले जानकारी दिए । सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८० बोट, सम्पूर्ण चौहानको दुई सय ५५ बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको छ ।

हात्तीले मकैबारी,  केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेको उनको भनाइ छ ।

गाँउ नजिकै रातिको समयमा हाति देखा पर्न थालेपछि रातैभर सुत्न समेत नपाएको गाँउलेहरुको गुनासो छ । डिभिजन वन कार्यालय रौतहटले जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । 

यसअघि  हात्तीको आक्रमणबाट मानवीय क्षतिका घटना भएकाले बिहान झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । वन कार्यालयले बिहानीपख निस्कनै पर्ने भए टर्च लाइट बोकेर समूहमा मात्र हिँड्डुल गर्न सुझाव दिएको छ । डिभिजन वन कार्यालय रौतहटका अनुसार पछिल्ला केहि बर्षमा हातिको आक्रमणबाट मानव, घर वा बालिनालीमा क्षति हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार