मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

बागमती प्रदेश प्रमुख देवकोटाद्धरा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त

Ujyalosandeshonline 12334+ समाचार ( )
१६ माघ २०८१, बुधवार

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सहिदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।  

इतिहासका विभिन्न काल खण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदहरू प्रति उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् । सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारी पूर्वक  आफ्ना कर्तव्य पालन गर्नमा सबैलाई प्रेरणा मिलोस भन्ने कामना पनि गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘बर्षौं पहिले कसैले रोपेको बिरुवाले आज छहारी र शीतलता प्रदान गरेजस्तै देशको निम्ति जीवन उत्सर्ग गर्ने राष्ट्रप्रेमी मानवको बलिदानको परिणामले आज हामी सम्पूर्ण नेपाली स्वाधीन, स्वतन्त्र र स्वाभिमानी भएर अग्रगामी मार्गमा छौँ’ सन्देशमा भनिएको छ, ‘सहिदहरूको त्याग, साहस र बलिदानको गौरवपूर्ण गाथाले देशलाई माया गर्न र आफ्नो कर्तव्यमा निष्ठापूर्वक लागिरहन हामीलाई हौसला मिल्ने कुरामा म बिश्वस्त छु ।’

आजको यो महत्वपूर्ण दिनमा सम्पूर्ण राजनैतिक दल र आम नागरिक गम्भीर भई आत्मसमीक्षा गरेर देशको हीतलाई सर्वोपरी राखी अघि बढेमा मात्र सहिदप्रति वास्तविक सम्मान हुनेछ विज्ञlप्तमा भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो उत्कृष्ट व्यवस्था तिनै महामानवका बलिदानको उपज भएको उल्लेख गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार