मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

Ujyalosandeshonline 12461+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

राजविराज (सप्तरी) । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपयुक्त वातावरण बनिसेको बताउनुभएको छ । उहाँले दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार भएको स्पष्ट पार्नुभयो । सप्तरीको राजविराजमा आज साँझ सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले निर्वाचनबारे कुनै शङ्का छैन र निर्वाचन देशभर एकै चरणमा हुन्छ भन्नुभयो ।

देश चुनावमय बन्दै गएको उल्लेख गर्दै उहाँले आउँदो फागुन २१ गते नै तोकिएको मितिमा  निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सकारको दायित्व भएको बताउनुभयो । गृहमन्त्री अर्यालले भन्नुभयो, “निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल ‘म्यान्डेट’का साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्तिसुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ ।”

गृहमन्त्री अर्यालले, “राजनीतिक दलहरूको सक्रियता, जनस्तरको चासो र समग्र परिस्थितिले निर्वाचनको माहोलसमेत मजबुत हुँदै गएको सङ्केत गरेको छ, पहिलेजस्तो वातावरण नराम्रो छैन, अहिले निर्वाचनको माहोल धेरै सुदृढ हुँदै गएको छ ।” उहाँसँगै सप्तरी आउनुभएका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले तोकिएकै मितिमा धाँधलीमुक्त चुनाव हुने विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेकाले निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार