मुख्य समाचार
नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर | प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी | सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन | दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने | बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह | चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता | जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने | ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त |
मुख्य समाचार
नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर | प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी | सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन | दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने | बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह | चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता | जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने | ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त |


मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगी, अधिकांश विरामी आयातित

Ujyalosandeshonline 11913+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

जनकपुर । मधेश प्रदेशमा रहेका औंलो रोगका अधिकांश बिरामी आयातित रहेको पाइएको छ  । विश्व औंलो दिवसको अवसरमा शुक्रबार धनुषाको सपहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगका बिरामी रहेको तथ्यांक सार्वजनिक गरिएको छ । 

स्वास्थ्य निर्देशनालयका फुलेन्द्र यादवले प्रस्तुत गरेको तथ्यांक अनुसार औंलो रोगका बिरामी सबैभन्दा बढी सर्लाही जिल्लामा रहेको छ । सर्लाहीमा ४८ जना बिरामी छन् भने सिरहामा यसको संख्या शून्य देखाएको छ । 

सिरहामा जाँच नगरेकाले बिरामीको संख्या शून्य रहेको फुलेश्वरले बताए । धनुषामा ८ जना, बारामा १४, रौतहटमा २२, पर्सा तथा सप्तरीमा ३÷३ जना र महोत्तरीमा पाँच जना बिरामी रहेका छन् । प्रदेशमा रहेका औंलो रोगको बिरामी बढी भारतबाट फर्केकाहरु रहेका छन् । उनीहरु फर्किदा औंलो रोग लिएर आउने गरेकाले मधेशमा यसको संख्या बढ्दै गएको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा.विपिन कुमार झाले औंलो रोग केही दशक अघि नै निर्मुल भइसकेपनि आवासीय मजदूरहरुले गर्दा बिरामीको संख्या थपिएको बताए । उनले औंलो रोग नियन्त्रणतर्फ भए पनि आयातित औंलो मुख्य चुनौनी भएको बताए । 

उनले भने, ‘अहिले पुष्टि भएका १०२ जना औंलोका बिरामी प्राय सबै आयातित हुन् । भारत लगायत अन्य देशबाट फर्केर आएपछि औंलोको अनिवार्य जाँच हुने र त्यही क्रममा रोग पुष्टि भएको हो, अन्यथा समूदायमा लोकल लेबलमा यो वर्ष औंलोका बिरामी पुष्टि भएको छैन ।’ उनले आयातित केस रोक्नसके सन् २०२६ सम्म औंलो निवारण गर्ने लक्ष्यमा पुग्न सकिने समेत जनाए ।

तराई क्षेत्रमा र गर्मी ठाउँमा रोगको प्रकोप हुने भनिए पनि अहिले जलवायु परिवर्तनका कारण लामखुट्टे सबैतिर देखिन थालेको हुँदा औंलोका बिरामी देखिन थालेका छन् ।

हरेक वर्ष अप्रिल २५ तारिखका दिन औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर विविध कार्यक्रम गरेर विश्व औलो दिवस मनाउने गरिन्छ । ‘पुर्नलगानी, पुर्न सोच र पुर्नजागरणः हामीबाटै औंलो निवारण’ नाराका साथ गरिएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकले औंलो रोगको जाँच, उपचार र औषधी सबै निःशुल्क रहेकाले यसबाट आत्तिनुपर्ने कुनै आवश्यक्ता नरहेको बताए ।

औंलो रोगको लक्षण देखिएमा स्वास्थ्य जाँच गराउन उनले सबैमा आग्रह समेत गरे । औंलो रोगबारे व्यापक प्रचार गरेर जनमानसमा रहेको भ्रम चिर्न सकिने तर्क उनको थियो । औंलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट हुने सरुवा रोग हो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका मेडिकल टेक्निसियन रामविनय साह, वरिष्ठ जनस्वास्थ्य प्रमुख डा. सतिशकुमार यादव, स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादव, तथ्यांक अधिकृत सुरेश यादव, ल्याब टेक्निसियन अधिकृत युगलकिशोर यादव, राजकुमार दास, राजनारायण साह, विश्व स्वास्थ्य संगठनका रंजित कुमार लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार