मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा

रासस 700+ समाचार ( )
२५ वैशाख २०८३, शुक्रबार

म्याग्दी। म्याग्दी नदीको बाढी र कटान नियन्त्रणका लागि मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा आएको छ । मंगला गाउँपालिकाले संघीय सरकारको बिशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर–काशेबगर बस्ती संरक्षण योजना सञ्चालन गरेको हो । गत फागुन २६ गते रु. ४२ लाख ३६ हजार आठ सय ९९ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बाढी र कटान रोकथामका लागि नदी किनारमा पक्की संरचना बनाउने कार्यलाई तीब्रता दिएको छ । 

मंगला गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख रुचेन्द्र अधिकारीले आगामी असार १० गतेसम्म ठेक्काको म्याद रहेको योजनाको हालसम्म ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको जानकारी दिनुभयो । बाबियाचौर बजारतर्फ म्याग्दी नदी किनारको ६८ मिटर दुरीमा ‘कम्पोजित’ प्रबिधीको पर्खाल भैरहेको छ । नदीको सतह भन्दा भित्रबाट तीन मिटर अग्लो पक्की ढलान र त्यसमाथी थप तीन मिटर अग्लो ग्यावियन पर्खाल निर्माण हुनेछ् । तीन सय छ घनमिटर पक्की र चार सय आठ घनमिटर ग्यावीयन पर्खाल निर्माण गर्न लागिएको हो । यसैगरी काशेबगर तर्फ छ सय १२ घनमिटर ‘बोल्डर’ (ठूला ढुङ्गा थुपार्ने) काम हुनेछ् ।

दुई सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो । पछिल्लो समय बाबियाचौरमा बस्ति विस्तारले तिब्रता पाएको छ । उत्तरपुर्वबाट बगेर आउने म्याग्दी नदीको कटान र बाढीका कारण जोखिममा परेको बाबियाचौर लगायतका तटीय क्षेत्रका बस्ति संरक्षण योजनालाई निरन्तरता दिनका लागि संघीय सरकारसँग आगामी बर्षमा पनि योजना र बजेट माग गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार