नक्कली रिभल्भर देखाएर रकम असुल्ने 'नक्कली घुमुवा प्रहरी' भैरहवाबाट पक्राउ

Ujyalosandeshonline 12328+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी निरीक्षकको टोलीले उनलाई पक्राउ गरेको हो ।

राणाको शरीर तथा डेरा कोठा खानतलासी गर्दा नक्कली रिभल्भर एक थान, ५०० ग्राम गाँजा, सवारी चालक अनुमतिपत्र, मोबाइल एक थान र नगद दुई हजार छ सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । बरामद सामग्रीसहित पक्राउ परेका राणामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

बिरेन्द्र मिश्रा।। ९ श्रावण २०८३, शनिबार

अति सुन्दर सराहनीय कार्य।। घुमुवा आतंक रूपन्देही जिल्ला को लुम्बिनी मर्चवार लगायत क्षेत्र मा धेरै छ। असली घुमुवा हुन कि नकली छुटयाउन ग्राहो।।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार