मुख्य समाचार
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल |

९८ लाख रुपैंयाँ नगदसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12459+ समाचार ( )
२८ वैशाख २०८१, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार र सोही स्थान बस्ने २९ वर्षीय मिलन बिक रहेका छन् ।  

काठमाडांै महानगरपालिका–५ मालिगाउँ एरियामा स्रोत नखुलेको रकमको कारोबार भईरहेको सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले निज ब्यक्तिहरुको निगरानी राख्दै जाँदा बा.१३ च. ४८५८ नम्बरको फोर्ड कम्पनीको इसिओ स्पोर्ट गाडीबाट अन्ठानब्बे लाख नेपाली रुपैयाँसहित निजहरुलाई पक्राउ गरिएको ।

मिलन वि.क. यसअघि २०८० अशोज १० गते दोलखामा ११.५ के.जी. अवैध सुनको पैठारी र संगठित अपराधमा पक्राउ पुर्जी जारी भई फरार रहेको खुल्न आएको छ भने सम्पती शुद्धिकरणमा समेत मुद्दा अनुसन्धानमा रहेको खुल्न आएको छ ।

पक्राउ परेका व्यक्तिहरुको मोवाइललगायतका सामाजिक संजालहरुको समेत अध्ययन गर्दा हुण्डी तथा अवैध सुनको समेत कारोवारी विगत दुई वर्षदेखि गर्दै आएको खुल्न आएको छ ।

उनीहरुको साथमा निजहरुको कारोवारको विवरण उल्लेख गरिएको डायरी थान–१, प्रयोग गर्ने गरेको विभिन्न कम्पनीको मोवाईल थान–३ फोन रेड्मी नोट १०५ थान १ साथै सामसुङ मोबाइल दुई थान बरामद भएको छ ।

पक्राउ परेका व्यक्तीहरुलाई संशोधित मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) हुण्डी सम्बन्धी कारोवार गर्न नहुने कसुरमा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाउने तयारी गरिएको ।

निजहरुलाई अनुसन्धानको क्रममा सम्पत्ती शुद्धिकरणलगायत कसुरमा थप अनुसन्धान समेत गर्नुपर्ने देखिएको ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार