मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

Ujyalosandeshonline 12444+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

काठमाडौं । एक्सेल एण्ड इलिभेट भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न गरेको छ ।

कम्पनीले उक्त कार्यक्रम चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको हो । कर्मचारीहरूको प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटोमा विवेचना गर्दै आगामी वर्षको व्यावसायिक लक्ष्य र रणनीतिका बारेमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले प्रशिक्षित गराएका थिए ।

कार्यक्रमको सभापतित्व पनि सिइओ खत्रीले नै गरेको कम्पनीले जनाएको छ । विभागीय प्रमुख तथा देशैभरीबाट प्रशासनिक कर्मचारीहरू गरी २ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सिइओ खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको वर्तमान स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन भूमिका खेल्नु पर्ने बताएका थिए । उनले दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट नतिजा हासिल गर्नेमा जोड दिए ।

सोही कार्यक्रमकै अवसरमा चर्चित मोटिभेसनल स्पिकर मानसी अग्रवालले मोटिभेसनल तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेकी थिइन ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गरेका थिए ।

कर्मचारीहरूको दक्षता जाँच गर्नका लागि सहभागी प्रशासनिक कर्मचारीहरूको लागि परीक्षा सञ्चालन गरिएको थियो भने सो परीक्षाबाट प्रथम सुरक्षा सिंह, द्धितीय चुडामणी गौतम र तृतीय भएका खगेन्द्र श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यस्तै, देशैभरीबाट उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच जना प्रशासनिक कर्मचारीहरू महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रीय कार्यालयका नवराज थापा मगरलाई पनि सिइओ खत्रीले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार