मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

आर्थिक सशक्तिकरणले मात्रै महिलालाई आत्मनिर्भर : उपसभामुख राना

Ujyalosandeshonline 12614+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले महिलालाई आत्मनिर्भर बनाउनका लागि आर्थिक सशक्तिकरणमा जोड्नुपर्ने बताएकी छन् । आर्थिक अधिकारका सवालमा महिलाले निर्णायक भूमिका नपाएसम्म आत्मनिर्भर हुन निकै गाह्रो भएको उनको भनाइ छ ।

काठमाडौंमा सोमबार आयोजित महिलाविरुद्धका हिंसालाई रोक्न लगानी विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक सबलीकरणको माध्यमले महिला सशक्तिकरण सहज हुने बताइन । अझै धेरै नेपाली महिलालाई आफ्नो अधिकार नै थाहा नभएको भन्दै उनले आत्मनिर्भर बनाउन आर्थिक सशक्तिकरणको विकल्प नभएकोमा जोड दिइन ।  

‘कति महिलाहरुलाई आफ्नो अधिकार नै थाहा छैन, जनचेतना छैन । त्यसैले महिलालाई एकदमै आत्मनिर्भर बनाउनका लागि आर्थिक सशक्तिकरणमा जोड्नुपर्छ,’ उनले भनिन्, ‘अहिले सम्पत्तिमा महिला अधिकारका कुरा आएको छ, त्यो पनि महिलाको नाममा छैन ।’

महिलालाई निर्णायक भूमिकामा ल्याउन आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘मलाई चाहिँ यस्तो लाग्छ हामी निर्णायक भूमिकामा छैनौं । पहुँच छैन । त्यसैले गर्दा कतिपय चित्त नबुझेका कुराहरु पनि कमजोरी भएकै कारण हुन्छ हुन्छ भन्नु पर्ने अवस्था आउँछ । त्यसैले महिलाहरु निर्णायक भूमिका र पहुँचमा आउनुपर्छ ।’ उपसभामुख रानाले जलवायु परिवर्तनका असरबाट पनि नेपालका महिला पीडित भएको बताइन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार