मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

तनहुँमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति

Ujyalosandeshonline 11004+ समाचार ( )
६ कार्तिक २०८२, बिहीबार

दमौली (तनहुँ) । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विगत दुई वर्षको अवधिमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति हासिल गरेको छ । केन्द्रले दुई वर्षमा विद्युत् चुहावट नियन्त्रणमा राखेको लक्ष्यभन्दा बढी प्रगति हासिल गर्न सफल भएको छ ।  

गत आर्थिक वर्ष २०८१/८२ मा ९ दशमलव ३० प्रतिशत चुहावट नियन्त्रण लक्ष्य रहेकामा ९ दशमलव ६३ प्रतिशत प्रगति हासिल भएको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष २०८०/८१ मा सात दशमलव ९२ प्रतिशत चुहावट नियन्त्रण लक्ष्य राखिएकामा १२ दशमलव ९२ प्रतिशत प्रगति हासिल भएको उहाँले बताउनुभयो ।     

केन्द्रले तनहुँ, लमजुङ, कास्की, नवलपुर र स्याङ्जा जिल्लाका केही क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । रेग्मीका अनुसार तनहुँको व्यास नगरपालिकाका १४ वटै वडा, भानु नगरपालिकाका ९, १०, ११ बाहेक १० वटा वडा, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकाका ५ बाहेक चार वटा वडा, म्याग्दे गाउँपालिकाका ५ बाहेक छ वटा वडाहरु, ऋषिङ गाउँपालिकाका ५ र ७ बाहेक पाँच वटा वडाहरु, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिका कार्यक्षेत्र हो ।  

यस्तै नवलपुरको बौदीकालि गाउँपालकाका केही भाग, स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकाका केही भाग, कास्कीको रुपा गाउँपालिका वडा नम्बर ३ र ४, लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ यसको कार्यक्षेत्रभित्र पर्दछ ।   

कार्यालयबाटै बढी महशुल सङ्कलन    

कार्यालयले गत आर्थिक वर्षमा रु ६२ करोड ५१ लाख ७३ हजार तीन सय २३ विद्युत महशुल सङ्कलन गरेको छ । अनलाइनमाध्यमभन्दा कार्यालय काउण्टरबाट बढी रकम सङ्कलन भएको केन्द्र प्रमुख रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न अनलाइन माध्यमबाट रु २३ करोड ४६ लाख २० हजार सात सय ६५ र कार्यालय काउण्टरबाट रु ३९ करोड पाँच लाख ५२ हजार पाँच सय ५८ सङ्कलन भएको छ । अनलाइन माध्यमबाट महशुल बुझाउनेमा ५३ दशमलब ७३ प्रतिशत र कार्यालय काउण्टरबाट महशुल बुझाउनेमा ४६ दशमलब २७ प्रतिशत ग्राहक छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार