मुख्य समाचार
७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन |

‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ

Ujyalosandeshonline 12443+ समाचार ( )
७ वैशाख २०८३, सोमबार

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राज्यको ढुकुटीमा वर्षौंदेखि आँखा गाडेर बसेका शक्तिहरू सरकारको पछिल्लो सुशासनको कदमबाट अत्तालिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जनताको रगत र पसिनाबाट आर्जित राज्यको सम्पत्तिमाथि रजाइँ गर्नेहरूले अहिले विभिन्न बहानामा सरकारलाई घेराबन्दी गर्न खोजेको आरोप लगाएका हुन्।

मन्त्री गुरुङले पछिल्लो समय देखिएका 'मिडिया ट्रायल' र प्रायोजित हल्लाहरूलाई भ्रष्टाचारीहरूको छटपटीका रूपमा चित्रण गरेका छन्। अपराधी र भ्रष्टाचारीलाई जोगाउन ठुलै गिरोह सक्रिय भए पनि सरकार आफ्नो लक्ष्यबाट विचलित नहुने उनले स्पष्ट पारेका छन्। कतिपय शक्ति केन्द्रले सरकारको मनोबल गिराउन अनेकन भ्रम फैलाइरहेको उल्लेख गर्दै उनले ती सबै प्रयासहरू अन्ततः असफल हुने दाबी गरे।

मुलुकमा गहिरोसँग गाडिएको भ्रष्टाचारको जरा उखेल्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै मन्त्री गुरुङले जारी अनुसन्धान र कारबाहीको प्रक्रिया कसैको दबाबमा नरोकिने चेतावनी दिए। विगतमा दैनिक ५० करोडभन्दा बढी भ्रष्टाचार हुँदा मौन बस्नेहरू आज सुशासनको पक्षमा काम गर्दा विरोधमा उत्रिएको भन्दै उनले खेद व्यक्त गरे। भ्रष्टाचारी जोगाउन मेहेनत गर्नेहरूको वास्तविक अनुहार जनताले चिनिसकेको उल्लेख गर्दै उनले अबको लडाइँ सुशासनका लागि निर्णायक हुने उद्घोष गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार