मुख्य समाचार
नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान | ‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीद्वारा नौबुँदे निर्देशिका जारी | सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ |

नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको हो : कमल थापा

Ujyalosandeshonline 11310+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरूप्रति जनता आक्रोशित रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२÷०६३ को जनआन्दोलनपछि मुलुकमा आमूल परिवर्तन र समृद्धिको सपना बोकेका नेपाली जनताको त्यो सपना अपुरो मात्र नभई अब भविष्य नै अन्धकारमय बन्ने खतरा देखिएको बताएका हुन् । उनले कांग्रेस, एमाले र माओवादीजस्ता प्रमुख दलहरूका नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको उल्लेख गरे ।

उनले भने ‘विगत केही वर्षदेखि नेपाली जनतामा राजनीतिक दलहरू, तिनीहरूले लिएको व्यवस्था र नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण ठूलो असन्तुष्टि र आक्रोश छ, ६२–६३ को आन्दोलनपछि आमुल परिवर्तन हुन्छ, नेपाली जनताको आर्थिक विकास र सम्वृद्धि हुन्छ भन्ने धेरै ठूलो सपना नेपाली जनताहरुले बोकेका थिए । तर ६२–६३ आन्दोलनका अगुवा र ति राजनीतिक दलका नेताहरुको भ्रष्ट प्रवृत्तिको कारणले गर्दाखेरि नेपाली जनताको सपना अधुरो मात्रै रहेको होइन भविष्य नै अन्धकारमय हुने खतरा देखियो । खासगरी कांग्रेस, एमाले र माओवादीजस्ता पार्टीहरुप्रति जनतामा तीव्र वितृष्णा भएर जनताले परिवर्तन खोजिरहका थिए ।’ 

थापाले हालसालै देशमा उठेको जेनजी आन्दोलनको सन्दर्भमा राप्रपा नेपालले खेलेको भूमिकाबारे पनि प्रष्ट पारे । ‘भ्रष्ट व्यवस्था र शासनविरुद्ध जनमत बटुल्न जेनजी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ र, राप्रपा नेपाल मात्र यस्तो पार्टी हो जसले सबैभन्दा पहिले यो आन्दोलनलाई खुलेर समर्थन र सघाएको हो ।’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार