मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

स्वास्थ्य बिमा कार्यक्रममा सुधार आवश्यक : स्वास्थ्यमन्त्री गौतम

Ujyalosandeshonline 12455+ समाचार ( )
१३ माघ २०८२, सोमबार

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रममा सुधारको खाँचो रहेको औँल्याउनुभएको छ । आज पोखरामा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ स्थापना दिवस समारोहमा उहाँले स्वास्थ्य बिमा कार्यक्रमको खर्च राज्यले धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । 

“स्वास्थ्य बिमा कार्यक्रमका लागि यस वर्ष सरकारले रु ११ अर्ब विनियोजन गरेको थियो, त्यो बजेट सकिएर अर्को ११ अर्ब खर्च भइसकेको छ”, मन्त्री  गौतमले भन्नुभयो, “स्वास्थ्य बिमामा भइरहेको दुरुपयोग नरोक्ने हो र खर्चमा मितव्ययिता नअपनाउने हो भने अब राज्यको क्षमताले यसलाई भ्याउँदैन ।”

स्वास्थ्य बिमा गरेका आधारमा अनावश्यक जाँच तथा स्वास्थ्य सेवा उपभोग गर्ने प्रवृत्तिले चुनौती थपिएको उहाँको भनाइ छ । “स्वास्थ्य बिमा हुनेखाने र निरोगीले पनि बिमा कोषमा रकम जम्मा गर्ने र विपन्न अवस्थाका बिरामीलाई उपचार सेवा दिने उद्देश्यले सञ्चालन गरिएको योगदानमा आधारित कार्यक्रम हो”, मन्त्री गौतमले भन्नुभयो, “तर धेरैजसो बिरामीले नै बिमा गर्ने, चाहिनेभन्दा बढी सेवा लिने, चिकित्सकले पनि अनावश्यक जाँचहरु लेख्दा समस्या भइरहेको छ ।” 

अस्पतालको फार्मेसी र बिमाबाट दिइने औषधिको मूल्यमा एकरुपता हुनुपर्ने र शय्या निःशुल्क रहेका अस्पतालले बिमाबाट भुक्तानी गर्न नहुने उहाँले बताउनुभयो । मन्त्री गौतमले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सक्दो पहल गर्ने बताउनुभयो । समारोहमा मन्त्री गौतमले प्रतिष्ठानको स्मारिकासमेत विमोचन गर्नुभएको थियो । उक्त अवसरमा प्रतिष्ठानमा दीर्घ सेवा गरेका कर्मचारी, प्राविधिक, चिकित्सकलगायतलाई सम्मान गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा भरतबहादुर खत्रीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार