मुख्य समाचार
लुम्बिनी प्रदेश प्रहरी प्रमुख खत्री-मन्तव्य | असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय | आँप बिक्री गरिँदै | ‘ओमसतिया न्यूज फेस्टिवल’ सम्पन्न: शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा जोड | पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो | कार्यगत एकताबाट अघि बढ्नुपर्छः अध्यक्ष ओली | सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | कमीकमजोरी हटाएर पार्टीलाई नयाँ उँचाइमा लैजान्छौँ : संयोजक दाहाल | अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति | पेट्रोलियम पदार्थको मूल्य घट्यो |

कल्याणपुरका मेयर साह १ लाख घुससहित रंगेहात पक्राउ

Ujyalosandeshonline 11674+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ परेका छन् । मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

अहिले टोली कल्याणपुर नगरपालिकाको कार्यालयमै रहेको र मुचुल्कालगायतका कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारका अनुसार, नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन माग गरेका थिए ।

तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार