मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

जनसरोकारका मुद्धमा लुम्बिनीका मुख्यमन्त्रीको ध्यान

Ujyalosandeshonline 12461+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नजसरोकारका योजनाहरुको अनुगमन सुरु गर्नु भएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ र ८ मा रहेको बाणगंगा नदीमा भत्किएको पक्कि पुल र चिस्यान केन्द्रको अनुगमन गर्नु भएको हो । संघीय सरकारको बजेटबाट करिब चार बर्ष अघि बाणगंगा नदीमा पक्कि पुल बनेको थियो  ।

निर्माण सम्पन्न भएको दुई बर्षको अवधिमा पुल भत्किएपछी आवागमन अवरुद्ध छ । कपिलवस्तु र अर्घाखाँची जिल्ला जोड्ने पुल भत्किएपछी समस्या परेको भन्दै स्थानीयहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । अनुगमनको क्रममा मुख्यमन्त्री आचार्यले पुल पुनः निर्माणको लागि प्रदेश सरकारले पहल लिने बताउनु भएको छ ।‘पक्कि पुल बनेको तर, बनेको केही बर्ष भित्रै भत्किएको अवस्था रहेछ । संघीय सरकारको आयोजना भएकाले पुनः निर्माणको लागि संघीय सरकार समक्ष प्रदेश सरकारले पहल गर्छ’उहाँले भन्नुभयो,‘नागरिकहरुले दुःख पाउनु भएको छ । कसरी हुन्छ यहाँ पुनः पुलको काम अघि बढाउन जरुरी छ ।’

जहदी–कुपुवा–बनगाई–मोतिपुर–डोटेपुर सडक खण्ड अन्तरगत बाणगंगा नदीमा उक्त पुल बनेको थियो । मुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल अनुगमनमा सहभागी हुनुहुन्थ्यो । यस्तै बाणगंगा नगरपालिका–७ मा निर्माणधिन चिस्यान केन्द्रको पनि मुख्यमन्त्री आचार्यले अनुगमन गर्नु भएको छ । कृषि उपज सामाग्रीको सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र बनिरहेको हो । तर, अझैं आयोजना सञ्चालनमा आउन सकेको छैन् ।

चिस्यान केन्द्र निर्माणको काम सम्पन्न गरेर सेवा सुचारु गर्न मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षमा अनुरोध गर्नु भएको छ ।‘संरचना बन्ने तर, त्यो प्रयोगमा नआउने अवस्था छ । यस्तो अवस्था आउन दिनुहुदैन । जहाँ लगानी हुन्छ, त्यसको पूर्ण सदुपयोगमा ध्यान दिनुपर्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रतिफल दिने आयोजनाहरुलाई अघि बढाउने प्रदेश सरकारको योजना छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार