मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै भैरहवामा आन्दोलन

Ujyalosandeshonline 12455+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेपछि रुपन्देहीका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।

रुपन्देहीमा रहेका ३२ वटा सङ्घसंस्था आबद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले पूर्व घोषित कार्यक्रम अनुसार आज भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो । भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुङ्गिएको थियो । 

प्रदर्शनमा सहभागीले विमानस्थलमा अध्यागम, भन्सार, क्वारेन्टाइन, हुलाक, श्रम, स्वास्थ्य परीक्षण लगायत विमानस्थलसँग सम्बन्धित सरकारी कार्यालय स्थापना गर्न माग गर्दै नाराबाजी गरेका छन् ।  

सरकारले आफ्ना माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताउनुभयो । यसअघि सञ्जालले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरेको थियो । 

‘‘एक महिनाअघिदेखि आन्दोलन घोषणा गरेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझायौं तर माग सम्बोधन हुने छाँटकाँट नदेखेपछि सडकमा उत्रिनुको विकल्प भएन’’ ज्ञवालीले भन्नुभयो, ‘‘विमानस्थललाई हेरेर होटल तथा पर्यटन व्यवसायमा निजी क्षेत्रको ६० अर्ब बढी लगानी भइसकेको छ, तर अन्तर्राष्ट्रिय उडान हुन नसक्दा व्यवसायी लगानी डुब्ने चिन्तामा छन् ।’’ 

सञ्जालका संयोजक चन्द्रप्रकाश श्रेष्ठले माग सम्बोधन नभएपछि व्यवसायी बाध्य भएर सडकमा उत्रिएको बताउनुभयो ।  डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको विमानस्थलबाट केही समय जजिरा र हिमालयन एअरलाइन्सले उडान गरे पनि झण्डै एक वर्षदेखि रोकिएको छ । हाल  विमानस्थलबाट बुद्ध, यति, श्री एअरलायन्सका १५ वटा जहाजले आन्तरिक उडान गरेका छन् ।

सिद्धार्थ सञ्जालसँगै नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी र सिद्धार्थ उद्योग वाणिज्य सङ्घ पनि विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न माग गर्दै छुट्टै आन्दोलनमा छन् ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशतलाई  अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानको व्यवस्था मिलाउनुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकामा त्यो छुट थप एक वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने व्यवसायीको माग छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार