काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त निर्णय बुधबार (आज) सार्वजनिक गरेका हुन् ।
मन्त्रि परिषद्को बैठकले विभिन्न मन्त्रालय सँग सम्बन्धित १० वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यस अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरिएको छ ।
उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल सरकारबाट घोषणा भएका २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइप लाइन र निजी क्षेत्रबाट सञ्चालनहुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गर्ने निर्णय भएको छ ।
यस्तै रक्षा मन्त्रालयको प्रस्तावमा नेपाली सेनातर्फ चारजना उपरथीको सरुवा गर्ने, एकजना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, एकजना महासेनानीलाई सहायक रथीदर्जामा बढुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय भएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
१.उद्योग, वाणिज्य नेपाल सरकारबाट घोषणा भएकाविभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष तथा आपूर्ति आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइप लाइन र निजी क्षेत्रबाट सञ्चालनहुने । केवलकार आयोजनाहरू लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
२ मित्रराष्ट्र भियतनामका उपराष्ट्रपति HE Ms Vo Thi Anh Xuan ले २०८२ साल भदौ ७ देखि ९ गतेसम्म गर्ने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
३ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
४. रक्षामन्त्रालय नेपाली सेना तर्फ चारजना उपरथीहरूको सरुवा गर्ने, एकजना सहायक रथीलाई उपरथी । दर्जामा बढुवा गर्ने, एकजना महासेनानीलाई सहायक रथीदर्जामा बढुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने ।
५. २०८२ भदौ १६ देखि १८ गतेसम्म कोरियाको सियोलमा आयोजनाहुने Global Green Growth Institute सँगको सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रलाई स्वीकृति प्रदान गर्ने ।
६.२०८२ भदौ १० देखि १३ गतेसम्म फिजीको नाडीमा आयोजनाहुने 6th Forum of Ministers and Environment Authorities of Asia pacific मा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रुपा वि.क.लाई स्वीकृतिप्रदान गर्ने ।
७. अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA ) को मिति २०८२ भदौ ३० देखि असोज ३ गतेसम्म Vianna International Center, Vienna मा आयोजना हुने 69th IAEA General .Conference कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधिश्री विश्वबाबु पुडासैनीलाई सहभागीहुन स्वीकृति दिने ।
८. सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा देहाय बमोजिम गर्नेः (क) सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेश बमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याददिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने ।
(ख)तोकिएको अवधिमा सूचिकरण हुननआउने वा सूचिकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन र सूचिकरण गरेमा सोही क्षणवाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने ।
९ नेपाल लेखापरीक्षण सेवाको समूहीकरणतर्फ राज पत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक रिक्त पदमा श्री इन्द्र प्रसाद आचार्यलाई बढुवा गर्ने ।
१० राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव श्री भरतमणी सुवेदीले पेश गर्नु भएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।