मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

रुपन्देहीमा ट्राफिक कारबाहीबाट ६ करोड ८ लाख राजस्व संकलन, दुर्घटनामा १२१ को मृत्यु

Ujyalosandeshonline 12198+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

भैरहवा । रुपन्देही जिल्लामा आर्थिक वर्ष २०८१-८२ मा सवारी दुर्घटनामा परी १२१ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । सबैभन्दा बढी ७९५ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५० हजार ४४१ सवारीलाई कारबाही गरिएको छ । यसबाट ६ करोड ८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जसमा तीव्र गतिमा सवारी चलाउनेबाट मात्रै ३१ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले २ हजार २१० वटा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । साथै, बुटवल–भैरहवा सडक खण्डको सखुवानीमा एएनपीआर क्यामेरासहितको राडरगन जडान गरी तीव्र गतिमा चल्ने सवारीलाई २४ सै घण्टा निगरानी र कारबाही गरिँदै आएको छ । ट्राफिक जरिवानालाई सहज बनाउन डिजिटल भुक्तानी प्रणाली पनि सुरु गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार