मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

रुपन्देहीमा ट्राफिक कारबाहीबाट ६ करोड ८ लाख राजस्व संकलन, दुर्घटनामा १२१ को मृत्यु

Ujyalosandeshonline 12612+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

भैरहवा । रुपन्देही जिल्लामा आर्थिक वर्ष २०८१-८२ मा सवारी दुर्घटनामा परी १२१ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । सबैभन्दा बढी ७९५ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५० हजार ४४१ सवारीलाई कारबाही गरिएको छ । यसबाट ६ करोड ८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जसमा तीव्र गतिमा सवारी चलाउनेबाट मात्रै ३१ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले २ हजार २१० वटा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । साथै, बुटवल–भैरहवा सडक खण्डको सखुवानीमा एएनपीआर क्यामेरासहितको राडरगन जडान गरी तीव्र गतिमा चल्ने सवारीलाई २४ सै घण्टा निगरानी र कारबाही गरिँदै आएको छ । ट्राफिक जरिवानालाई सहज बनाउन डिजिटल भुक्तानी प्रणाली पनि सुरु गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै